• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  मुख्य समाचार

    सुरक्षा सतर्कता सँगै लक डाउनले रोकिएका विकास निर्माणका कामहरु सञ्चालनमा ।

  • थम्मन थापा
  • २०७७ बैशाख २४, बुधबार (६ साल अघि)
  • ७२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ वैशाख २४
    विश्वभर कोरोना भाईरस कोभिड १९ को संक्रमणले हरेक क्षेत्र प्रभावित भईरहेको छ । नेपालमा पनि चैत ११ गते देखि लक डाउन जारी छ । लक डाउनका कारण विकास निर्माणका काम अलपत्र परेका छन । लक डाउन लम्बिदै जाँदा अलपत्र विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन । कोरोना भाईरस संक्रमणको जोखिमका बिच विकास निर्माणको कार्य थालनी गरिएको हो । गलकोट नगरपालिका वडा नं २ नरेठाटी बजार, वडा नं ५ हरिचौर बजार र वडा नं ८ काँडेबास बजारमा ढल व्यवस्थापन सँगै खानेपानीको उचित व्यवस्थापनको निम्ति काम भईरहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

    फेसबुकमा पछ्याउनुहोस्

    आर्थिक वर्ष २०७६ / ०७७ अन्तर्गत नगरपालिकाको ८०% बजेट र समुदाय साझेदारी २०% रकम मार्फत उक्त योजनाका कामहरु सञ्चालनमा आएको नगर प्रमुख गैरेले बताए । नरेठाटी बजारमा पक्की नाली सहित सडक ढलान र खानेपानी पाईप लाईन व्यवस्थापनको काम चलिरहेको गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिए । नगरपालिकाको ३० लाख र स्थानियको ७ लाख ५० हजार रकमले उक्त योजनालाई सामाजिक दुरी कायम गरि अगाडी बढाईएको वडा अध्यक्ष भण्डारीले बताए । योजना सञ्चालन हुनु अगावै स्थानियले नगरपालिकामा समुदाय साझेदारी रकम जम्मा गरेका थिए । गत माघ देखि सञ्चालनमा रहेका यि योजनाहरु कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले देश लक डाउन गरेपछि काम स्थगित भएका थिए । अहिले पक्की नाली निर्माण संगै ८ इन्च ढलान गरिएको छ । उच्च सतर्कता अपनाउँदै दैनिक १० जना मजदुरले काम गरिरहेका छन् ।

    स्थानिय कामदारहरुले योजनामा काम गरिरहेका छन । नाली निर्माण भएपछि वर्षौ देखिको ढल व्यवस्थापनको समस्या समाधान हुने नरेठाटी बजार ढल व्यवस्थापन तथा स्तरवृद्वि निर्माण उपभोक्ता समितिका अध्यक्ष हुम बहादुर थापाले बताए । १ सय ६० मिटर लामो उक्त योजनालाई गलकोट नगरपालिबाट उच्च सतर्कता अपनाई सुरक्षित दुरी कायम गर्दै स्थानीय स्तरमा उपलब्ध मजदुर प्रयोग गरी विकास निमार्णका काम अगाडि बढाउने निर्णय भए सँगै निर्माण कार्यले पुन निरन्तरता पाएको निर्माण उपभोक्ता समितिका सचिव यम श्रीसले बताए । योजनाको झण्डै ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ भनें बाँकी काम १ महिनाभित्र सम्पन्न हुने बताईएको छ । स्थानिय प्रशासनले निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजिकरण गरिरहेको छ ।

    कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन उच्च सावधानी अपनाउँदै निर्माण कार्यलाई निरन्तरता दिदा मजदुरहरु लाई समेत राहत भएको छ । बजार क्षेत्रमा ढलको लागि नाली, बिच बिचमा पाईप, घर घरबाट ढल निकास हुने गरि काम भईरहेको छ त्यस्तै खानेपानीको चेम्बर निर्माण गरि खानेपानीको पाईप लाईन समेत व्यवस्थापन भईरहेको छ ।

    • #सुरक्षा सतर्कता
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑