
गुल्मीमा पहिलोपटक कोरोना देखिएको मदाने कोरोना मुक्त
गुल्मी,१४ मंसिर ।
गुल्मीको मदाने गाउपालिका कोरोना मुक्त भएको छ । गुल्मीमै पहिलो पटक यसै मदाने गाउँपालिकामा देखिएको थियोे ।
पहिलोपटक मदाने गाउँपालिका पुर्कोटदहका एक शिक्षकमा कोरोना देखिएसँगै बिस्तारै कोरोना बढ्दो दर थियोे । विगत डेढ महिना अगाडि सम्म यस गाउँपालिकामा ६० संक्रमित देखिएपनि अहिले सबै कोरोना मुक्त भई गाउँपालिका नै कोरोना मुक्त भएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनु भयो ।


