• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    in
    आज: २०८३ आश्विन २, शुक्रबार
    होमपेज /  बागमती

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

  • अञ्जना ढकाल
  • २०८३ आश्विन २, शुक्रबार (५७ सेकेण्ड अघि)
  • २ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ, असोज २ – नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ। पूर्वसभापति शेरबहादुर देउवाको साथमा रहेका भनिएका प्रभावशाली नेताहरू धमाधम सभापति गगन थापाको पक्षमा खुलेपछि देउवा पक्षमा असन्तुष्टि देखिएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    देउवा निकट मानिएका मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडालगायतका नेताहरू सानेपा पुगेर थापा नेतृत्वको पार्टी प्रक्रियामा सहभागी भएका छन्। उनीहरूले आफूहरूको कदम देउवाविरुद्ध नभई पार्टी एकता कायम राख्ने उद्देश्यले भएको बताएका छन्।

    तर देउवा पक्षका नेता शंकर भण्डारीले नेताहरूको यो कदमप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले विगतमा गगन थापाको नेतृत्व र भूमिकाको आलोचना गर्ने नेताहरू अहिले उनकै नेतृत्व स्वीकार गर्दै अघि बढेको भन्दै उनीहरूको राजनीतिक भूमिकामाथि प्रश्न उठाएका हुन्।

    भण्डारीका अनुसार हिजो एउटा धारणा राख्ने र आज परिस्थितिअनुसार त्यसको ठीक विपरीत धारणा लिएर अघि बढ्ने प्रवृत्तिले कांग्रेसभित्रको राजनीतिक निष्ठा र जवाफदेहितामाथि बहस आवश्यक बनाएको छ।

    उनले केही नेताहरूले विगतमा गगन थापाको चर्को आलोचना गरेको स्मरण गराउँदै अहिले ‘गगनकै नेतृत्वमा समाहित हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिन थालेको बताए। यस्तो परिवर्तनलाई उनले राजनीतिक जिम्मेवारीको दृष्टिले समीक्षा गर्नुपर्ने धारणा राखे।

    ‘केही व्यक्तिको टाउको गनेर कांग्रेसको अवस्था बुझिँदैन’

    देउवा पक्षबाट अघि सारिएको महाधिवेशन कार्यतालिका केही नेताहरूले साथ छाड्दैमा प्रभावित नहुने भण्डारीको दाबी छ। उनले केन्द्रीय समितिका केही सदस्यको समूह परिवर्तनलाई आधार बनाएर सिङ्गो कांग्रेसको शक्ति समीकरणको निष्कर्ष निकाल्न नमिल्ने बताए।

    उनले कांग्रेसभित्र अहिले देखिएको विवादलाई गम्भीर राजनीतिक संकटका रूपमा हेर्नुपर्ने बताए। पार्टीको लामो समय नेतृत्व गरेका र सांसद तथा मन्त्री बनेका सबै नेताले आफ्नो विगतको भूमिका र निर्णयको आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।

    गगनको नेतृत्वमाथि चुनावी परिणामको प्रश्न

    भण्डारीले गगन थापाको नेतृत्वमा पार्टी अघि बढेपछि निर्वाचनमा आएको परिणामको पनि समीक्षा गर्नुपर्ने बताए। उनका अनुसार पार्टीले ठूलो मत गुमाएको र थापा स्वयं निर्वाचनमा पराजित भएको विषयलाई राजनीतिक जवाफदेहितासँग जोडेर हेर्न आवश्यक छ।

    उनले यो विषय व्यक्तिगत आलोचनाका लागि नभई नेतृत्वको जिम्मेवारीसँग सम्बन्धित रहेको बताए। अवसर पाएपछि त्यसको परिणामप्रति नेतृत्वले जवाफदेही हुनुपर्ने उनको तर्क छ।

    ‘कांग्रेस विदेशी प्रभावमा चल्नु हुँदैन’

    भण्डारीले कांग्रेसको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रभावबारे समेत गम्भीर टिप्पणी गरेका छन्। उनले विदेशी स्वार्थअनुसार नेपालको राजनीति सञ्चालन हुन नहुने भन्दै कांग्रेसले आफ्नै विचार, सिद्धान्त र राष्ट्रिय मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताए।

    उनले कांग्रेसभित्र अहिले देखिएको विवादमा उत्तेजित हुनुभन्दा नेताहरूले आफ्नो भूमिका र निर्णयको समीक्षा गर्नुपर्ने बताए। पार्टीलाई विभाजनबाट जोगाएर विचार र सिद्धान्तमा आधारित एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने उनको धारणा छ।

    यसैबीच, गगन थापाले पूर्वसभापति देउवालाई आगामी महाधिवेशन उद्घाटनका लागि निम्तो दिएका छन्। संस्थापन पक्षले पनि असन्तुष्ट नेताहरूलाई समेट्ने प्रयास अघि बढाएको जनाएको छ। तर देउवा पक्षले भने आफ्नै महाधिवेशन कार्यतालिका अघि बढाउने अडान कायम राखेको छ।

    नेताहरूको समूह परिवर्तन, महाधिवेशनको फरक–फरक तयारी र एकताका लागि भइरहेको संवादका कारण कांग्रेसको आन्तरिक शक्ति समीकरण अहिले थप जटिल बनेको छ।

    • #गगन थापा
    • #नेपाली कांग्रेस विवाद
    • #शेरबहादुर देउवा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    समाचार

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑