• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ७, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

    in
    आज: २०८३ भाद्र ७, आईतबार
    होमपेज /  मुख्य समाचार

    जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

  • अञ्जना ढकाल
  • २०८३ भाद्र ७, आईतबार (१ मिनेट अघि)
  • ११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    दाङ, भदौ ७ – दाङको घोराहीमा छोराको हत्या भएको खबर सुनेपछि एक आमाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१७ हरिद्वारकी ३८ वर्षीया बिना कालाथोकीको आइतबार दिउँसो मृत्यु भएको हो।

    फेसबुकमा पछ्याउनुहोस्

    बिनाका २२ वर्षीय जेठा छोरा वसन्त कालाथोकीको काठमाडौँको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा हत्या भएको थियो। विदेश जाने तयारीमा रहेका वसन्त काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेका थिए। होस्टलमै कुटपिट तथा धारिलो हतियार प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    छोराको मृत्युको खबर घरमा पुगेपछि बिना गम्भीर भावनात्मक आघातमा परेको स्थानीयले बताएका छन्। दिउँसो करिब ३ बजेतिर घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली तत्काल घर पुगेको थियो।

    बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। उनका श्रीमान् रोमहर्श कालाथोकी रोजगारीका क्रममा मलेसियामा रहेकाले उनी सोमबार नेपाल फर्किने तयारीमा छन्। श्रीमान् फर्किएपछि मात्रै पोस्टमार्टमलगायतका प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

    घरमा आमासँगै रहेका ११ वर्षीय कान्छा छोरा शिशिरलाई अहिले हजुरबुवाको जिम्मा लगाइएको वडाध्यक्ष रामलौटन चौधरीले बताए। परिवारमा एकैपटक जेठो छोराको हत्या र आमाको मृत्यु भएपछि घोराही–१७ को टोल नै शोकमा डुबेको छ।

    वसन्तको हत्या आरोपमा सोही होस्टलमा बस्दै आएका बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव पक्राउ परेका छन्। प्रहरीले शेखरलाई काठमाडौँबाट र प्रमितलाई मकवानपुरबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • #मृत्यु
    • #हत्या
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    मुख्य समाचार सम्बन्धि थप

    रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    समाचार

    जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

    तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑