• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  प्रदेश नं. १

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

  • अञ्जना ढकाल
  • २०८३ भाद्र २, मंगलबार (१ मिनेट अघि)
  • ५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, भदौ २ – पैदलयात्रीलाई पछ्याउँदै सुनको सिक्री लुट्ने र चोरीको सुन बिक्री गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी सिक्री लुटपाट हुँदै आएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

    फेसबुकमा पछ्याउनुहोस्

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउन ३१ गते विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये केहीले मोटरसाइकल प्रयोग गरी पीडितको नजिक पुग्ने र अर्का व्यक्तिले घाँटीमा लगाएको सिक्री तानेर भाग्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ घर भई काठमाडौंको कोटेश्वर बस्ने ३२ वर्षीय योगेन्द्र तामाङ र रामेछापको दोरम्बा गाउँपालिका–२ ढोईगाउँ घर भई पेप्सीकोला बस्ने ३६ वर्षीय काले भनिने देवेन्द्र थापा मगर छन्।

    त्यस्तै, चोरी भएको सुन खरिद गरेको आरोपमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ मालबासे घर भई हाल नरदेवी बस्ने ४० वर्षीय मिलन बि.क. र भारतको पश्चिम बंगाल, कलकत्ता घर भई हाल भेडासिंह बस्ने ४० वर्षीय सञ्जित सामन्त पक्राउ परेका छन्।

    प्रहरीका अनुसार गत साउन २६ गते भक्तपुरको मध्यपुर थिमी–१ लोकन्थलीस्थित बिग मार्ट नजिक र साउन ३० गते लोकन्थली हनुमान चोकमा मोटरसाइकलमा आएका व्यक्तिले एक्लै हिँडिरहेका महिला तथा ज्येष्ठ नागरिकको घाँटीबाट सुनको सिक्री तानेर फरार भएका थिए।

    अनुसन्धान थप अघि बढाउँदा यही समूहले काठमाडौं उपत्यकाबाहेक सुनसरीमा समेत सिक्री लुटेको खुलेको छ। साउन २२ गते धरान–१५ पाथीभरा लाइनबाट करिब २.५ तोला र साउन ३१ गते इटहरी–२० तरहराबाट करिब ३ तोला सुनको सिक्री लुटिएको घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त ललितपुर पठाइएको छ। प्रहरीले सार्वजनिक स्थानमा हिँड्दा सुनका गरगहना प्रदर्शन नगर्न तथा अपरिचित मोटरसाइकल वा व्यक्तिको गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ।

    • #पक्राऊ
    • #लुटपाट
    • #सिक्री चोर
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    प्रदेश नं. १ सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑