• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

  • अञ्जना ढकाल
  • २०८३ श्रावण ३०, शनिबार (१ महिना अघि)
  • ४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    रोल्पा, साउन ३० – रोल्पाको पूर्वी क्षेत्रमा लगातार परेको वर्षापछि गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ। बुधबार र बिहीबार मात्रै थबाङ र सुनछहरी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन् भने दुई जना घाइतेको उपचार भइरहेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    सबैभन्दा ठूलो क्षति थबाङ गाउँपालिका–५ कोटलबारामा भएको छ। बुधबार आएको पहिरोले बस्ती नै बगाउँदा ११ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परेका ९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी छ।

    उक्त घटनामा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन्। दुवैलाई उद्धार गरी उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको छ। पहिरोले थबाङमा नौवटा घर, एउटा घुम्ती पसल, दुई गोठ र एउटा चर्चसहित १३ वटा संरचना बगाएको छ।

    घटनापछि थबाङ गाउँपालिकाका स्थानीयमा गहिरो शोक छाएको छ। गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै घटनाले आफूहरूलाई स्तब्ध बनाएको बताएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

    यसैबीच, सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पनि पहिरोले चार जनाको ज्यान लिएको छ। फलबाङमा ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर र ७० वर्षीया लली घर्तीमगर तथा गिट्ठेमा ६४ वर्षीय लामी घर्तीमगरको मृत्यु भएको हो।

    थबाङको पहिरोमा उद्धार तथा खोजी कार्यमा खटिएका सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले आफ्नै पालिकामा पनि पहिरोबाट जनधनको क्षति भएपछि दुःख व्यक्त गरेका छन्। प्राकृतिक विपत्तिले क्षणभरमै ठूलो क्षति पुर्‍याएको भन्दै उनले मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

    लगातारको वर्षाका कारण रोल्पाका पहाडी क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेको छ। दुई दिनमै १५ जनाको मृत्यु र दुई जना बेपत्ता भएपछि स्थानीय तह तथा सुरक्षा निकायले उद्धार र खोजी कार्यलाई प्राथमिकता दिएका छन्। घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत दुःख व्यक्त गरेको छ।

    • #पहिरो
    • #मृत्यु
    • #रोल्पा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑