• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १२, सोमबार
    होमपेज /  प्रदेश नं. २

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

  • अञ्जना ढकाल
  • २०८३ श्रावण २९, शुक्रबार (१ महिना अघि)
  • ७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    सिराहा, साउन २९ – कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर चार दशकभन्दा बढी समयदेखि फरार रहेका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। ८० वर्षीय ठकाई यादवलाई आफ्नै गाउँको शिवमन्दिरमा पुजारीको भेषमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

    फेसबुकमा पछ्याउनुहोस्

    लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका यादव २०४१ साल वैशाख १ गते भएको हत्याको घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ। वैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयमा विवाद उत्पन्न भएपछि रजिन्द्र यादवमाथि आक्रमण भएको थियो।

    प्रहरीका अनुसार उक्त घटनामा यादवसहित ११ जना सहभागी थिए। उनीहरूले रजिन्द्रलाई घेरा हालेर कुटपिट गरेपछि उनको मृत्यु भएको थियो। घटनापछि उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो।

    उक्त मुद्दामा उच्च अदालतले ठकाई यादवलाई एक वर्ष कैद सजाय सुनाएको थियो। अदालतबाट सजाय तोकिएपछि उनी पक्राउ नपरी फरार रहँदै आएका थिए।

    लामो समयसम्म पहिचान लुकाएर बसेका यादवले पछिल्लो समय गाउँकै शिवमन्दिरमा पुजारीको भूमिका निर्वाह गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। यही क्रममा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो।

    पक्राउ गरिएका यादवलाई जिल्ला अदालत सिराहामा उपस्थित गराइएको छ। प्रहरीका अनुसार सोही घटनामा संलग्न अन्य फरार प्रतिवादीहरू भने यसअघि नै मृत्यु भइसकेका छन्।

    • #कर्तव्य जान मुद्धा
    • #पक्राऊ
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश नं. २ सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑