• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण २१, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

      सिरहाको गोलबजारमा पनि आन्दोलन चर्कियो, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

      भोटेकोसी दुर्घटना : चालकको खोजी तीव्र, गृहमन्त्री गुरुङ घटनास्थलमा

      मुगुमा पहिरोको कहर : घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

      इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा, झापामा पनि ५ परिवारलाई जग्गाधनी प्रमाणपत्र

      असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

      आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

      शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

      धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    in
    आज: २०८३ श्रावण २१, बिहिबार
    होमपेज /  बागमती

    संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

  • अञ्जना ढकाल
  • २०८३ श्रावण २१, बिहिबार (१ मिनेट अघि)
  • ८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, साउन २१ – प्रतिनिधिसभाले साउन र भदौ महिनाका लागि संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ। आगामी बैठकहरूमा विभिन्न विधेयकमाथि छलफल, मन्त्रालयगत प्रश्नोत्तर तथा अन्य संसदीय कार्यसूची समावेश गरिए पनि प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समेटिएको छैन।

    फेसबुकमा पछ्याउनुहोस्

    सार्वजनिक क्यालेन्डरअनुसार साउन र भदौमा प्रतिनिधिसभाका बैठकहरूमा नेपाल विशेष सेवा ऐन, खानी तथा खनिज पदार्थ विधेयक, राहदानी संशोधन विधेयक, मानव बेचबिखन नियन्त्रणसम्बन्धी संशोधन विधेयकलगायतका विषय अघि बढाइनेछ। साथै, मन्त्रालयगत प्रश्नोत्तर, वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र विभिन्न प्रस्तावमाथि छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ।

    तर, प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साताभित्र प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरे पनि यसपटकको संसदीय क्यालेन्डरमा उक्त कार्यक्रम समावेश गरिएको छैन। नियमावलीअनुसार तोकिएको दिन बैठक बस्न नसके लगत्तैको बैठकमा प्रश्नोत्तर गराउनुपर्ने प्रावधान पनि कार्यान्वयनमा आएको देखिँदैन।

    गत जेठ १७ गतेपछि प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा सांसदहरूको प्रत्यक्ष प्रश्नको जवाफ दिएका छैनन्। त्यसयता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएको मात्र होइन, नयाँ क्यालेन्डरमा समेत त्यसका लागि समय छुट्याइएको छैन।

    यस विषयमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भई समसामयिक विषयमा धारणा राख्न तथा सांसदका प्रश्नको जवाफ दिन सुझाव दिएका थिए। प्रधानमन्त्रीले उक्त सुझावबारे विचार गर्ने प्रतिक्रिया दिए पनि प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने स्पष्ट प्रतिबद्धता भने सार्वजनिक रूपमा जनाएका छैनन्।

    सांसदहरूले पनि नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर नियमित रूपमा सञ्चालन गर्न माग गर्दै आएका छन्। तर हाल सार्वजनिक गरिएको संसदीय कार्यतालिकामा उक्त कार्यक्रम नसमेटिएपछि नियमावली कार्यान्वयनबारे पुनः प्रश्न उठ्न थालेको छ।

    • #बालेन शाह
    • #संसदीय क्यालेन्डर
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

    थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

    निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    समाचार

    संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

    एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

    थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

    निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑