• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ७, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

      आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

      शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

      धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

      देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

      १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

      मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

      पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

      सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

      गणेश नेपाली घटनाको असर : काठमाडौंका सडकमा हराउँदै नगर प्रहरी, बढ्दै अव्यवस्था

      गणेश नेपाली आत्मदाह प्रकरण : ‘विवादपछि पेट्रोल छर्किँदै दौडिए, प्रहरी मोटरसाइकलमै व्यस्त थियो’ – प्रत्यक्षदर्शी

      आगो लगाएर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, प्रहरीले थाल्यो अनुसन्धान

      संसदीय दलको नेता हटाउने प्रावधानलाई गलत अर्थ लगाउन हुँदैन : गणेश पराजुली

      इतर समूह सक्रिय बन्दै, कांग्रेसभित्र छुट्टै कार्यालय सञ्चालन

      विमानस्थलका अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : कार्यालय समयमा अनिवार्य ढाका टोपी लगाउनुपर्ने

    in
    आज: २०८३ श्रावण ७, बिहिबार
    होमपेज /  कर्णाली

    असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

  • अञ्जना ढकाल
  • २०८३ श्रावण ७, बिहिबार (३ मिनेट अघि)
  • ८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, साउन ७ – विद्युत् महसुलमा साउन १ गतेदेखि लागू हुने भनिएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) असार महिनाको विद्युत् खपतमा समेत जोडिएर बिल आउन थालेपछि उपभोक्ताबीच अन्योल र असन्तुष्टि बढेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई साउनदेखि भ्याट तिर्नुपर्ने व्यवस्था गरेको थियो। तर, साउनमा जारी भएका केही बिलमा असारको खपतमा समेत भ्याट समावेश भएपछि उपभोक्ताले यसको वैधानिकतामाथि प्रश्न उठाएका छन्।

    यस विषयमा नेपाल विद्युत् प्राधिकरणले भने भ्याट खपतको मितिका आधारमा नभई बिल जारी भएको मितिका आधारमा लाग्ने स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार साउन १ गतेदेखि भ्याट प्रणाली लागू भएकाले त्यसपछि जारी गरिएका सबै बिलमा कर समावेश गरिएको हो, चाहे त्यसमा समेटिएको विद्युत् खपत अघिल्लो महिनाकै किन नहोस्।

    तर, आन्तरिक राजस्व विभागले भने बिल, मिटर रिडिङ र बिलिङ प्रक्रियाको विवरण अध्ययन नगरी कुनै निष्कर्षमा पुग्न नसकिने जनाएको छ। विभागका अधिकारीहरूका अनुसार यदि मिटर रिडिङ असारभित्रै सम्पन्न भएको हो भने त्यस्तो खपतमा भ्याट लगाइनु उपयुक्त नहुन सक्छ। रिडिङ साउनमा भएको अवस्थामा भने साउनको खपत पनि बिलमा समावेश हुन सक्ने भएकाले त्यसको आधारमा मूल्याङ्कन गर्नुपर्ने उनीहरूको भनाइ छ।

    सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे सम्बन्धित निकायहरूको फरक व्याख्याका कारण उपभोक्तामा अन्योल बढेको छ। सामाजिक सञ्जालमा पनि धेरै उपभोक्ताले आफ्नो बिल सार्वजनिक गर्दै असारको खपतमा साउनदेखि लागू भएको कर उठाइनु अनुचित भएको प्रतिक्रिया जनाइरहेका छन्।

    हाल नेपाल विद्युत् प्राधिकरणले मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई भ्याटबाट छुट दिँदै सोभन्दा बढी खपतमा ५ प्रतिशत भ्याट असुल्न थालेको छ। तर, असारको खपतमा भ्याट जोडिएको विषयले कर कार्यान्वयनको प्रक्रियामाथि थप स्पष्टता आवश्यक देखिएको छ।

    • #बिधुतिय कर
    • #विद्युत प्राधिकरण
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कर्णाली सम्बन्धि थप

    आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

    शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    समाचार

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑