• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  प्रदेश न्युज

    सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गर्छौं -अर्थमन्त्री पौडेल

  • बुटवल दैनिक
  • २०७७ मंसिर १०, बुधबार (५ साल अघि)
  • १५६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल, १० मंसिर । संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताएका छन् । सैनामैनामा बुधबार भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए ।

    फेसबुकमा पछ्याउनुहोस्

    नगरको विकासका लागि गौरवका आयोजनाको काम धमाधम भइरहेको र त्यसमा बजेटको अभाव नहुने प्रतिबद्धता उनले जनाए । सैनामैना चक्रपथ, ढल प्रशोधन केन्द्र निर्माण, ज्येष्ठ नागरिक ग्राम, बौद्धकालीन सङ्ग्रहालय, लामीरह उच्चबाँध, कृषिउपज केन्द्र तथा खेल मैदान निर्माणको काम भइरहेको र सम्पन्न भएपछि नगरले आधुनिक शहरको रुप लिने विश्वास उनले व्यक्त गरे ।

    लामीरह उच्चबाँध निर्माण आयोजना सैनामैनाको मात्र नभई प्रदेशकै गौरवको आयोजना भएको र यसले सैनामैनामा सिंचाइ र पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उनले बताए । मन्त्री पौडेलले भन्नुभयो, “तीनै तहका सरकारको संयुक्त प्रयासमा यस क्षेत्रमा रहेका भौतिक पूर्वाधारलगायत अन्य ठूला तथा साना आयोजनाका काम सम्पन्न गरी सैनामैनालाई कङ्क्रिटको नभइ व्यवस्थित शहरका रुपमा विकास गर्छौँ ।”

    अर्थमन्त्री पौडेलले सैनामैना–१ स्थित ऐतिहासिकस्थल रानीकुवाको नजिकै विशेष गरी गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक वस्तुको सङ्ग्रह गर्ने आधुनिक व्यवस्थित सङ्ग्रहालयको निर्माण प्रक्रिया अगाडि बढेको जानकारी पनि दिए ।

    उनले बुटवल–चन्द्रौटा हुँदै धानखोलासम्मको सडक निर्माणका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताउँदै सो आयोजना र सैनामैना चक्रपथ निर्माण पूरा भएपछि नगर थप समृद्ध बन्ने विश्वास व्यक्त गरे ।

    सैनामैना पर्रोहा परमेश्वर मावि र पर्रोहा माविको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने आश्वासन दिए । उनले सैनामैना–१ रानीवगियास्थित सैनामैना पर्रोहा परमेश्वर माविलाई नमूना विद्यालयका रुपमा विकास गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको जनाउँदै शैक्षिक गुणस्तरमा भने कसैसँग सम्झौता नगर्न विद्यालयलाई सुझाव दिए । आजै वडा नम्बर ४ मा रहेको पर्रोहा माविको भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । पर्रोहा परमेश्वर मावि आठकोठे र पर्रोहा मावि १६ कोठे छ ।

    अर्थमन्त्री पौडेलकै पहलमा सैनामैनामा विद्यालयका लागि नयाँ भवन निर्माण गरिएको सैनामैना पर्रोहा परमेश्वर माविका प्रधानाध्यापक नेत्रलाल पुरीले जानकारी दिए । “विद्यालय यो अवस्थामा आउन अर्थमन्त्री पौडेलको ठूलो देन छ”, उनले भने । रासस

    • #विष्णुप्रसाद पौडेल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑