• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ४, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ कार्तिक ४, मंगलबार
    होमपेज /  प्रदेश न्युज

    सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गर्छौं -अर्थमन्त्री पौडेल

  • बुटवल दैनिक
  • २०७७ मंसिर १०, बुधबार (५ साल अघि)
  • १५६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल, १० मंसिर । संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताएका छन् । सैनामैनामा बुधबार भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए ।

    फेसबुकमा पछ्याउनुहोस्

    नगरको विकासका लागि गौरवका आयोजनाको काम धमाधम भइरहेको र त्यसमा बजेटको अभाव नहुने प्रतिबद्धता उनले जनाए । सैनामैना चक्रपथ, ढल प्रशोधन केन्द्र निर्माण, ज्येष्ठ नागरिक ग्राम, बौद्धकालीन सङ्ग्रहालय, लामीरह उच्चबाँध, कृषिउपज केन्द्र तथा खेल मैदान निर्माणको काम भइरहेको र सम्पन्न भएपछि नगरले आधुनिक शहरको रुप लिने विश्वास उनले व्यक्त गरे ।

    लामीरह उच्चबाँध निर्माण आयोजना सैनामैनाको मात्र नभई प्रदेशकै गौरवको आयोजना भएको र यसले सैनामैनामा सिंचाइ र पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उनले बताए । मन्त्री पौडेलले भन्नुभयो, “तीनै तहका सरकारको संयुक्त प्रयासमा यस क्षेत्रमा रहेका भौतिक पूर्वाधारलगायत अन्य ठूला तथा साना आयोजनाका काम सम्पन्न गरी सैनामैनालाई कङ्क्रिटको नभइ व्यवस्थित शहरका रुपमा विकास गर्छौँ ।”

    अर्थमन्त्री पौडेलले सैनामैना–१ स्थित ऐतिहासिकस्थल रानीकुवाको नजिकै विशेष गरी गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक वस्तुको सङ्ग्रह गर्ने आधुनिक व्यवस्थित सङ्ग्रहालयको निर्माण प्रक्रिया अगाडि बढेको जानकारी पनि दिए ।

    उनले बुटवल–चन्द्रौटा हुँदै धानखोलासम्मको सडक निर्माणका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताउँदै सो आयोजना र सैनामैना चक्रपथ निर्माण पूरा भएपछि नगर थप समृद्ध बन्ने विश्वास व्यक्त गरे ।

    सैनामैना पर्रोहा परमेश्वर मावि र पर्रोहा माविको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने आश्वासन दिए । उनले सैनामैना–१ रानीवगियास्थित सैनामैना पर्रोहा परमेश्वर माविलाई नमूना विद्यालयका रुपमा विकास गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको जनाउँदै शैक्षिक गुणस्तरमा भने कसैसँग सम्झौता नगर्न विद्यालयलाई सुझाव दिए । आजै वडा नम्बर ४ मा रहेको पर्रोहा माविको भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । पर्रोहा परमेश्वर मावि आठकोठे र पर्रोहा मावि १६ कोठे छ ।

    अर्थमन्त्री पौडेलकै पहलमा सैनामैनामा विद्यालयका लागि नयाँ भवन निर्माण गरिएको सैनामैना पर्रोहा परमेश्वर माविका प्रधानाध्यापक नेत्रलाल पुरीले जानकारी दिए । “विद्यालय यो अवस्थामा आउन अर्थमन्त्री पौडेलको ठूलो देन छ”, उनले भने । रासस

    • #विष्णुप्रसाद पौडेल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑