• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  बुटवल बिशेष

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

  • बुटवल दैनिक
  • २०७७ मंसिर ९, मंगलबार (५ साल अघि)
  • २४३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    बिन्द्बबासीनी निगम ,कपिलवस्तु ।
    नेपाल लगायत विश्वब्यापी रुपमामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अंग्रेजी महिनाको २५ नोवम्भर देखि १० डिसेम्बर सम्म मनाउने गरिन्छ । नेपालमा २०५४ साल देखि लैङ्गिकका आधारमा गरिने सवै खालै हिंसा विरुद्ध अभियान संचालन गर्दै आइरहेको छ ।
    प्रत्येक बर्ष राष्ट्रिय र अन्तरराष्ट्रिय नाराहरु तय गरी विश्वब्यापी रुपमा विभिन्न प्रकारले यो अभियान संचालन गरिन्छ । यस बर्षको राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज र सवैको ऐक्यबद्धता तथा अन्तरराष्ट्रिय नारा Orange the World : Fund, Respond, Prevent, Collect रहेको छ । यो कार्यक्रम महिला माथि हुने सवै प्रकारको विभेद, हिंसा अन्त्य गर्नका लागी महिला अधिकारकर्मीहरु, मानव अधिकारवादीहरु, महिला संगठन, महिला सशक्तिकरणको क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरु र विगतबर्ष देखि नेपाल सरकारले पनि स्थानिय तह देखि संघ सम्म विभिन्न प्रकारको सामाजिक सचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ ।
    १६ दिने अभियान अन्तरगत प्रत्येक दिन कुनै न कुनै दिवस परेकोले सोही सन्दर्भमा कार्यक्रमहरुको आयोजना गरी मनाइने गरिन्छ जस्तै २५ नोवम्भर अन्तरराष्ट्रिय महिला हिंसा अन्त्य दिवस, २६ विश्व पर्यावरण संरक्षण दिवस, १ डिसेम्बर विश्व एड्स दिवस, २ अन्तरराष्ट्रिय दासता उन्मुलन दिवस, ३ अन्तरराष्ट्रिय अपाङ्ग दिवस, ५ अन्तरराष्ट्रिय स्वंयसेवक दिवस, ७ अन्तरराष्ट्रिय नागरिक उडडयन दिवस, ८ मर्यादित महिनवरी दिवस, ९ अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस र १० डिसेम्बरको राष्ट्रिय मानव अधिकार दिवस आदि लगायत विभिन्न दिवसहरु हिंसा विरुद्ध र सामाजिक सचेतना तथा महिला सशक्तिकरणको लागी कार्यक्रमहरु गरिन्छ ।
    यो अभियान अरु अभियान भन्दा फरक छ र लामो समय सम्म मनाइने गरिन्छ । यो अभियान महिला माथि हुने सवै प्रकारको हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियान हो । यो दिवसको शुरुवात सर्वप्रथम ल्याटिन अमेरिकावाट गरिएको थियो । सन् १९८१ को नोभेम्वर २५ तारिखका दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यहि दिवसको शुरुवात पछि ल्याटिन अमेरिकी महिला कस्ता कस्ता हिंसावाट पिडित भएका छन् भन्ने कुराको पहिचान पनि भएको थियो । त्यसपछि महिला माथि हुने घरेलु हिंसा देखि लिएर राजनीतिक वन्दी र राजनीतिक हिंसा सम्मका वहसले स्थान पाएका थिए ।
    नोभेम्वर २५ लाई महिला माथि हुने हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा मनाउनका पछाडि यसको छुट्टै इतिहास रहेको छ । यो दिवसको सन्दर्भ सन् १९९० मा डोमिनिकल गणतन्त्रमा तत्कालिन त्रुजिलो सरकारको चरम निरंकुशताको कारणले एक परिवारको तिन दिदीवहिनी राजनीतिक कार्यकर्ता ( पेट्रिया, मिनर्भा र मारिया) ले विरोध गर्दै शसक्त आन्दोलन चलाउने उद्घोष गरेको कारण पक्राउ गरी ११ महिना पछि २५ नोभेम्वरका दिन हत्या गरिएको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । शिक्षित र सचेत यी दिदीवहीनी त्रुजिलो तानाशाहीको विरुद्धमा थिए । तत्काल सरकारले तिनिहरुलाई र तिनका परिवारहरुलाई राष्ट्र विद्रोहको आरोप लगाएका थिए ।
    त्रुजिलो सरकारको अन्त्य पश्चात यि दिदी वहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रुपमा लिइयो । सन् १९९१ मा रुत्गर्स विश्व विद्यालयको महिलाहरुको भुमण्डलीय नेतृत्व केन्द्रले प्रयोजन गरी संचालन गर्न थाले पछि यसले अन्र्तराष्ट्रिय अभियानको रुप ग्रहण गरेको हो । संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष यो दिवसका लागी एउटा अन्तरराष्ट्रिय नारा तय गर्दे आएको छ । यस वर्ष Orange the World : Fund, Respond, Prevent, Collect भन्ने नारा तय भएको छ । र नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यसका बर्षका राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज र सवैको ऐक्यबद्धता राखेको छ ।
    महिलाहरुको आत्म सम्मान, यौनिक हिंसा, आर्थिक, सामाजिक तथा राजनितिक र मानसिक हिंसा आदिका विषयमा कुरा उठाउने गरिएको छ । नोभेम्वर २५ देखि १० डिसेम्वर, १६ दिने सम्म विभिन्न कार्यक्रमहरु गरि महिला विरुद्ध हुने हिंसा अन्त्यको अभियान संचालन गरिदै आएको छ । महिला हिंसासंग जोडिने विषय एच.आइ.भी एड्स र मानवअधिकार लगायत १६ दिन भित्रमा पार्ने विभिन्न दिवसहरु पनि हो । त्यसैले यस अभियान भित्र पर्ने विश्व एड्स दिवस र विश्व मानव अधिकार लगायत सवै दिवसहरु पनि मनाउदै आइरहेको छ ।
    नेपाल सरकारले गत बर्ष देखि १६ दिने अभियान संगै जोडिएर मर्यादित महिनावरी दिवस पनि मनाएको शूरुवात भएको छ । महिनावरी महिलामा हुने प्राकृतिक र निरन्तर हुने एक प्रकृया भए पनि हाम्रो समाजमा महिनावरी भएको समयलाई अझै पनि अपवित्र अवस्थाको रुपमा लिने गरिन्छ । विशेष आराम र स्याहारसुसारको जरुरत पर्ने बेलामा झन घरायसी कार्य भन्दा बाहिराको गह्रौं कार्य र घरभन्दा असजिलो ठाउँमा बस्ने बाध्य बनाइदा धेरै महिलाहरुले ज्यान गुमाउनु पर्ने दुःखत घटनाहरु हामीले भोगिरहेका छौ ।
    अर्को तिर महिला माथि हुने घटना प्रयाह बलात्कार तथा यौनहिंसाका घटना मिलापत्र गराउने भएको देखिन्छ । यस्ता घटनालाई मिलापत्र गराउन नपाउने यस बर्ष नेपाल सरकारले नयाँ अध्यादेश ल्याएको छ । सरकारले बलात्कारका घटना गाउँघरमै मिलापत्र गराउने जो कोहीलाई कडा कारवाही हुने गरी अध्यादेश ल्याएको छ । बलात्कारका घटना मिलापत्र गराउने ब्यक्तिलाई ६ महिना देखि ३ बर्षसम्म कैद, ३० हजार सम्म जरिवाना वा दुवै हुने ब्यवस्था रहेको छ । अध्यादेशमा सार्वजनिक पद धारण गरेको ब्यक्तिले त्यस्तो मिलापत्र गराएमा थप ६ महिना कैद सजाय हुने ब्यवस्था रहेको छ । अध्यादेशमा १० बर्ष मुनि र ७० बर्ष माथिका ब्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने ब्यवस्थालाई यथावत नै राखिएको छ । यस अघि कसुरदार ज्येष्ठ नागरिक भएमा कैद मिनाहा गर्ने कानुनी ब्यवस्था परिवर्तन गरेर अबदेखि बलात्कार मुद्दामा कैद मिनाहा नहुने ब्यवस्था राखिएको छ । यस अघि महिला तथा बालिका माथि बलात्कार भन्ने शब्द कानुनमा रहेकोमा अबदेखि ब्यक्ति भन्ने शब्द राखिएको छ । पुरुष माथि पनि बलात्कार हुने भएकोले ब्यक्ति भन्ने शब्द राखिएको छ । यस अघि १४ बर्ष देखि १६ बर्षका बालिकालाई बलात्कार गर्नेलाई १२ देखि १४ बर्ष सम्म कैदको ब्यवस्था रहेकोमा अध्यादेशमा उमेर परिवर्तन गरेर १२ देखि १६ बर्ष कैद गर्ने ब्यवस्था छ । अर्को १० देखि १२ बर्ष कैदको ब्यवस्था परिवर्तन गरेर १० देखि १४ बर्ष कैद सजाय गर्ने अध्यादेशमा उल्लेख छ । १८ बर्ष भन्दा माथिकालाई बलात्कार गरेमा ७ बर्ष देखि १० बर्ष कैदको ब्यवस्था परिवर्तन गरेर १० देखि १२ बर्ष कैद गर्ने ब्यवस्था अध्यादेशमा राखिएको छ । यो कुरा मिर्मिरेअनलाइन ७ मंसिर २०७७ मा प्रकासित बाट लिएको हो ।
    यस बर्ष कोरोना महामारी भएको अवस्थामा पनि यो कार्यक्रम संचालन गर्ने धेरैको योजना रहेको छ । र आवश्यक पनि देखिन्छ । किन कि बन्दाबन्दीको बेलामा झन महिला माथि हिंसा बढेको छ । त्यसले गर्दा सरकारी गैर सरकारी तथा सरोकारवाला संग सम्पर्क समन्वय तथा सहकार्य गरी सभ्यता र भभ्यताको साथ भौतिक दुरी कायम गरी र अनिवार्य रुपमा मास्क तथा नेपाल सरकारको यस महामारी सम्बन्धि मापदण्ड बमोजिम कार्य राम्रो हुन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #लैङ्गिक हिसां
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑