• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  पत्रपत्रिका

    बन्द रहेका विद्यालय खोल्न मन्त्रालयले गर्याे यस्ताे कार्यढाँचा तयार

  • बुटवल दैनिक/पत्रपत्रिका
  • २०७७ मंसिर ७, आईतबार (५ साल अघि)
  • १११८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    काठमाडौं । कोभिड–१९ का कारण बन्द रहेका शिक्षालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहको तोकिएको छ । संक्रमणको अवस्था हेरी विद्यालय खोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यढाँचा तयार गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कार्यढाँचाअनुसार स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्न सक्ने गरी कार्यढाँचा तयार गरेको छ । यसअघि शिक्षा तथा मानवस्रोत विकास केन्द्रले तयार गरेको कार्यढाँचालाई मन्त्रालयले छलफल गरी पुनः संशोधन गर्न शुरु गरेको छ ।

    असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोहीअनुसार अवस्था हेरेर विद्यालय खोल्न सक्ने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले संक्रमण नभएका, कम भएका र बढी भएका क्षेत्रका विद्यालयको अवस्थाबारे अध्ययन गरी खोल्ने निर्णय स्थानीय तहले पाइसकेको जानकारी गराउनुभयो ।

    त्यसका लागि मन्त्रालयले कार्यढाँचा तयार गरिरहेको उहाँले बताउनुभयो । मन्त्रालयले शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ, हिसानलगायत सरोकारवाला निकायसँग छलफल गरी कार्यढाँचा तयार गरेको हो । कोभिड–१९ का कारण गएको चैतदेखि शिक्षालय बन्द छन् ।

    लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको हो । मन्त्रालयले कार्यढाँचा स्वीकृत गरेपछि सोही आधारमा सबै मापदण्ड पालना गरी शिक्षालय खोल्नेछन् । लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको हो । मन्त्रालयले कार्यढाँचा स्वीकृत गरेपछि सोही आधारमा सबै मापदण्ड पालना गरी शिक्षालय खोल्न सक्नेछन् ।

    सरकारले वैशाख १ गतेबाट गणना हुने गरी शैक्षिकसत्र लागू गरेको छ । सोहीअनुसार सबै विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । मन्त्रालयका प्रवक्ता शर्माले विद्यार्थीलाई स्वास्थ्य मापदण्ड पूरा गरी भौतिकरुपमा विद्यालयमै उपस्थित हुने व्यवस्था गर्न कार्यढाँचा तयार गरेको जानकारी गराउनुभयो । कार्यढाँचामा स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै बालबालिकालाई विद्यालय जान मानसिकरूपमा तयार पार्नुपर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ ।

    सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायतका पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, सेनिटाइजर तथा विद्यालयमा आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्ने र भौतिक दूरी मिलाई बस्ने, शिक्षक, अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्नेलगायतका विषयवस्तु समावेश छ ।

    त्यस्तै विद्यालय जाँदा, विद्यालयमा रहँदा वा घर फर्कंदा एवं घरमा पुगेपछि पालना गर्नुपर्ने नियमहरू तयार गर्ने उल्लेख छ । त्यसको अनुमगन गर्ने जिम्मा पनि स्थानीय तहलाई दिइएको छ । शैक्षिक सत्रको व्यवस्थापन गर्न विद्यालयले संक्रमणकालीन वार्षिक कार्यतालिका वार्षिक शैक्षिक योजना तयार गर्ने, प्रदेश शिक्षा तालिम केन्द्रले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम बालबालिकाले सिकेका सिकाइहरूको स्तर निर्धारण गर्न र सोहीअनुसार बालबालिकालाई सिकाइमा सहजीकरण गर्न शिक्षकलाई आवश्यक तालिम र अभिमुखीकरण गराउने, शिक्षकलाई अभिमुखीकण गराउने उल्लेख छ ।

    विद्यालय खोल्नु १५ दिनअघि विद्यार्थीलाई जानकारी गराउने, विद्यालयमा निर्मलीकरण गर्ने, बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या आएमा वा कोभिड–१९ का लक्षणसँग मिल्दा जुल्दा लक्षणहरू देखापरेमा तत्काल अभिभावक वा घरपरिवारलाई जानकारी गराउने, महामारीको जोखिममा रहेका बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा जँचाएपछि मात्र विद्यालयमा आउने गरी पहिले नै सूचित गर्ने र विद्यालयमा ज्वरो परीक्षण गर्ने व्यवस्था गर्ने कार्यढाँचामा उल्लेख छ ।

    प्रअ, शिक्षक, अभिभावक, कर्मचारी, चिकित्सक, मनोसामाजिक परामर्शदाता, अस्पताल, एम्बुलेन्सको सम्पर्क नम्बरसहितको विवरण राख्ने, भविष्यमा संक्रमण, महामारी वा अन्य कुनै कारणवश हुन सक्ने सम्भावित विद्यालय बन्दका सम्बन्धमा मानसिकरूपमा तयार रहने गरी सचेतीकरण गर्ने, अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई परामर्श दिने व्यवस्था मिलाउनुपर्नेछ ।

    त्यसै गरी फरक समयमा कक्षा वा तह सञ्चालन गर्ने, खुल्ने तथा कक्षा सञ्चालनको अवधि र घन्टी छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले, जोखिम र सहजतालाई हेरी कक्षा शुरु गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा समय र बाँकी विद्यार्थी अर्को दिन वा समयमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने, हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्नेलगायतका विकल्प तयार पारिएको छ ।

    सोही विकल्पलाई आधार मानेर कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था स्थानीय तहले गर्नुपर्नेछ । विद्यालय सञ्चालन गर्नुपूर्व विद्यालयमा पानी, स्वास्थ्य तथा सरसफाइ गर्ने, विद्यालय आएपछि हात धुने, खोकी लाग्दा वा हाच्छिउँ आउँदा मुख छोप्ने, सुरक्षाका उपकरण प्रयोग गर्ने र उपकरणको सरसफाइ गर्न सचेतीकरण गर्ने र घरमै त्यसको अभ्यास गराउने व्यवस्था गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ ।

    विद्यालय प्रशासनले शिक्षक, विद्यार्थी र कर्मचारीको भौतिक दूरी कायम हुने गरी कक्षाकोठा, शौचालय, पिउने पानी राख्ने क्षेत्रमा एक मिटरको दूरीमा गोलो घेरा बनाउने र सोको पालना गर्न आचारसंहिता तयार गर्नुपर्नेछ ।

    कार्यढाँचा स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा पु¥याउने र स्वस्थ नभएसम्मका लागि विद्यालयमा नआउन सूचित गर्ने, न्यूनतम १ मिटरको भौतिक दूरी कायम हुने गरी कक्षाकोठामा विद्यार्थीहरूको बसाइ व्यवस्थापन गर्नुपर्ने, सवारीसाधनले ५० प्रतिशत मात्रै विद्यार्थी बोक्ने, अर्कोपटक विद्यार्थी बोक्दा सवारीसाधनलाई पूर्णरुपमा निर्मलीकरण गर्नुपर्ने व्यवस्था छ ।

    नेपाल समाचारपत्रबाट ।

    • #शैक्षिक समाचार
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    पत्रपत्रिका सम्बन्धि थप

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑