• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  मुख्य समाचार

    हङकङ आगलागीमा सात नेपालीको मृत्युः

  • एजेन्सी
  • २०७७ मंसिर १, सोमबार (५ साल अघि)
  • १०७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    स्तब्ध नेपालीलाई स्थलगत निरीक्षणमा आएकी क्यारी लामको समवेदना
    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर

    फेसबुकमा पछ्याउनुहोस्

    हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा आइतबार राति भएको आगलागीमा घाइते भएका १८ जनामध्ये सात जनाको मृत्यु भएको हङकङ सरकारले पुष्टि गरेको छ।हङकङ निवासी बागलुङका राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती करिब साढे ८ बजे आगलागीमा परेर मृत्यु भएका सात जना नै नेपाली हुन्।तिहारको भाइटीकाको अघिल्लो रात भएको यो भयानक घटनाले हङकङमा बसोबास गर्ने नेपाली स्तब्ध भएका छन्। घटनाबारे सुनेपछि कतिपयले आइतबार रातीदेखि नै पार्टीहरू रद्द गरेका छन् भने केहीले सोमबारको भाइटीका कार्यक्रम पनि रद्द गरेका छन्।हङकङमा पछिल्लो एक दशकयता भएको यो सबैभन्दा भयानक आगलागीको घटना हो। निर्माण क्षेत्रमा काम गर्ने क्रममा कतिपय मृत्युका घटनाहरू समेत भएपनि हङकङमा स्थायी रुपमा बसोबास गर्ने ४० हजार नेपालीका लागि यो अहिलेसम्मकै सतब्ध पार्ने ठूलो घटना हो।हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सोमबार घटनास्थलको निरीक्षण गर्दै मृतकका परिवार र स्तब्ध नेपाली समुदायप्रति समवेदना व्यक्त गरेकी छन्।

    उनले सम्बन्धित विभागका अधिकारीहरूलाई घाइतेको उपचारमा ध्यान दिन र घटनाको कारण पत्ता लगाउन निर्देशन दिएकी छन्।हङकङको याउचिमोङ जिल्लामा पर्ने घटनास्थल क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन नेपालीहरू बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो। यस क्षेत्रका पुराना घरहरूमा नेपालीले साना साना व्यवसाय सञ्चालन गर्नुको साथै बसोबास समेत गर्दै आएका छन्।यस क्षेत्रकी जिल्ला परिषद सदस्य लेस्ली चानका अनुसार एक नेपालीले बिना लाइसेन्स सो रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।चानका अनुसार मृत्यु भएका सात जनामध्ये चार जना पुरुष र तीन जना महिला छन्, जो ८ देखि ४८ वर्ष उमेरका हुन्। मृतक र थप ११ जना घाइते नेपाली समुदायका रहेको चानले बताइन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीका अनुसार सो समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आगलागीको घटना भएको हो। त्यसैले मृत्यु हुने र घाइते पनि बागलुङका उनकै परिवार र नातेदारका धेरै परेको बुढाथोकीले बताएका छन्।बागलुङ समाज हङकङका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, आजीवन सदस्य राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घटनामा परेको बुढाथोकीले बताए।हङकङका फायर सर्भिस विभागका एक अधिकारीका अनुसार रेष्टुरेन्टमा बाहिर निस्कने अतिरिक्त ढोका नहुँदा आगलागी भएपछि मानिसहरू भान्साको पछाडि फसेका थिए।बिल्डिङको पहिलो तलामा रहेको रेष्टुरेन्टभित्र आगलागी भएपछि केहीले भागेर ज्यान जोगाउन सफल भएका छन्। करिब ८ बजेर ३५ मिनेटमा एक जना झ्यालबाट चिच्याउँदै भाग्ने क्रममा खसेर घाइते भएका थिए।चानका अनुसार घटना भएको बिल्डिङबाट उद्धार गरिएका मानिसहरूलाई जिल्ला परिषदले सहयोग गरिरहेको छ र सो क्षेत्रमा घटनाको अनुसन्धान भइरहेकाले तीमध्ये केहीले केही दिन होस्टलमा बस्नु पर्ने हुनसक्छ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑