• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  मुख्य समाचार

    अस्पतालले भर्ना गर्न नमाने पछि मृत्यु ,दाजुले गरे बिलौना

  • बुटवल दैनिक
  • २०७७ कार्तिक ३०, आईतबार (५ साल अघि)
  • १०८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौ । यो अध्यारो दिन हो । सबै नेपाली जागौ । मेडिकल माफिया बिरुद्व जागौ । कलिलै उमेरमा मेरी बहिनीले ज्या’न गुमाउनु पर्यो । त्योपनि औषधी उपचार नपाएर । तिहारको मुखमा एक जना दाजुले बिलौना गर्नुभयो । तर दाजुका लागि तिहारको गहना चेली गुमिसकेकी थिएन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    आँखाभरी आँशु बनाएर उनले भने मेरी चेली त मैले गुमाए अझै यसरी कतिले ज्या’न गुमाउने हुन् भन्न सकिन्न । हात जोड्दै भने मेरो अपिल सबैले सुनिदिनुहोस् । यो दु:खद घटना सबैमा पुग्नेगरी सेयर गरिदिनुहोला । ता की अस्पतालले कसरी मानिसको मृ’त्यु् पर्खिरहेको छ भन्ने यो कहानीमा छ । तपाईहरु कोही कसैलाई केही समस्या भयो भने तत्कालै सचेत रहनुहोस् । आवश्यक कदम चालिहाल्नुहोस् । नत्र अस्पतालले कोरोना रिपोर्ट भन्दा-भन्दै सेतो कपडा कतिबेला ओढाईदिने हुन् कुनै ठेगान छैन ।

    यो मेरो चित्कार सुनेर राज्यले अस्पातललाई कारबाही गरोस् । मेरी बहिनीले न्याय पाउन् । किनकी मेरो जिन्दगीको यो अति नै कालो दिन हो । खराब सिस्टमका कारण मेरो बहिनी माया मार्नु पर्यो। मेरो बहिनीको अचानक पिसाबमा समस्या आएको थियो । पिसाब रोकिएको शंका भएपछि हामी भक्तपुरको अस्पताल गयौँ ।

    नानीलाई समस्या भएपछि अस्पताल त लग्यौँ तर अस्पतालको सिस्टमले पहिले कोरोना परीक्षणका लागि पीसीआर (PCR) जाँच भनियो । पीसीआर रिपोर्ट ल्याउनुहोस् अनि मात्र उपचार हुन सक्छ भनियो । बिहिनीलाई बिरामले झनै गाह्रो बनाउँदै लगेको थियो । बिरामीको अवस्था झन झन खराव हुदै गईरहेको थियो। पिसाब नआएका कारण तत्काल डायलासिस गरेर उपचार गर्नुपर्ने डाक्टरहरुले भने तर उनीहरु त्यसका लागिपनि रिपोर्ट नै पर्खिए ।

    रिपोर्ट आउँदासम्म अवस्था झनै असहज भइसकेको थियो । हामी अस्पताल जाँचका लागि कहिले ललितपुर कहिले भक्तपुर अनि कतिखेर काठमाडौका सबै हस्पिटल गयौ तर कुनै पनि हस्पिटलले भर्ना लिएन। अब यतिबेलासम्म नानीका लागि आईसीयू र भेन्टिलेटर जरुरी हुन थालिसकेको थियो । केही घण्टाको बेवास्ताले नानीको पिसाब शरीरतर्फ फर्किन थालिसकेको थियो ।

    त्यसले गर्दा उनको अवस्था झनै जटिल बन्न गयो । तर कुनैपनि अस्पताल आइसीयू र भेन्टिलेटर खाली छ भन्न तयार भएन । नानी अस्पतालको आँगनमा नै छटपटाइरहेकी थिइन् । बहिनीको जसरीपनि डायलासीस गरेर पिसाब बाहिर निकाल्नु थियो । तर अब त्यो समय ढिला भइसक्यो ।

    बल्लतल्ल एक अस्पतालले भर्ना लिने भन्यो । किनकी त्यो बेलासम्म कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आइसकेको थियो । अब बल्ल भर्ना त लियो तर केही दिनदेखिको पिसाब सबै शरीरमा नै फर्किएकाले बहिनीलाई गम्भीर प्रकृतीको असर देखिन थालिसक्यो ।

    अक्सिजनको मात्रा अत्याधिक कम भयो । प्रेसर अत्यन्तै लो भयो । अब फेरी यस्तो अवस्थामा डायलासिस गर्न सकिन्न भनियो । तरपनि आशा भने अझै थियो । त्यसो भनेर नै अस्पतालले बहीनीलाई दुई दिनसम्म भेन्टिलेटरमा राख्यो । अन्तत: अस्पतालले बहिनीको मृ’त शरीर बुझायो । बहिनी हामीले सकेको तिम्रो लागि सबै गर्यौँ । तर यो राज्यको सिस्टमले तिमीलाई बाँच्न दिएन । माफी चाहान्छु बहिनी यो अभागी दाजुको यो बर्ष मात्र हैन जन्मौजन्म तिहार अध्यारो भयो । निधार रित्तियो

    बहिनीको जन्म मिति २०६० / ०८ / ०४
    स्व. मिति २०७७ / ०६ / ३०

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑