• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

      सिरहाको गोलबजारमा पनि आन्दोलन चर्कियो, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  मुख्य समाचार

    ‘बाघ’ मार्ने साहसी मान्छेहरु !

  • खगेन्द्र अवस्थी
  • २०७७ कार्तिक २६, बुधबार (५ साल अघि)
  • १२७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    डडेल्धुरा र बैतडीको सीमा क्षेत्रमा चितुवा (बाघ) ले आतंक मच्चाइरहेको थियो । बैतडीको शिवनाथ गाउँपालिका–४ बगार र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपाल क्षेत्रमा उक्त चितुवाले २ जनाको ज्यान लियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    नरभक्षी चितुवाले कार्तिक २३ गते रुपालमा १२ वर्षीय बालक दिलबहादुर साउदलाई आक्रमण गरेको थियो । घर नजिकै रहेका बालकलाई चितुवाले आक्रमण गर्र्दा उनको घटना स्थलमै ज्यान गयोे । त्यो दिन गाउँले आएर भगाएपछि त्यो चितुवाको भोक मेटिन पाएन ।

    त्यसपछि मुखमा रगत लागिसकेको नरभक्षी शान्त हुने कुरै भएन । त्यसकै भोलिपल्ट चितुवाले घाँस काटिरहेको बालिकालाई आक्रमण गर्ने हिम्मत गर्यो ।

    के भएको थियो दोस्रो दिन ?
    दिउँसोको १२ बजिसकेको थियो । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महता गाउँका केही महिलासंग घर खोला पारी डडेल्धुरामा रहेको घना जंगलमा घाँस काट्न गएकी थिइन् । घाँस काटेर घाँसको भारी बनाउने क्रममा उनी केही ढिलो भइन् र उनले अन्य महिलालाई घरतिर जान र आफु र केही दिदीबहिनीहरु बिस्तारै आउने बताइन् । त्यसैबेला चितुवाले उनीलाई आक्रमण गर्‍यो । सिधै घाँटीमा आक्रमण गरेकाले होला उनी त्यही ठाउँमा ढलिन् । त्यो देखेर संगै रहेका उनका दिदीबहिनी आत्तिए । बल्लतल्ल आफुलाई सम्हालेर उनीहरु घरतर्फ भागे ।

    उता घरमा रहेका बगारका २८ वर्षीय बिनोद महता दिदीबहिनीहरु हतार गरेर आएको देख्दा अच्चम्मित परेका थिए । ती दिदीबहिनीले घटनाको बोलिबिस्तार सुनाएपछि विनोदसहित गाउँलेहरु घरेलु हातहतियार बोकेर घटनास्थलतर्फ हिडे । आफुहरुलाई घटना भएको जंगलमा पुग्न २० मिनेट लागेको विनोद बताउँछन् ।

    ‘घटना स्थलमा पुग्दा एउटा चितुवा मायाको शव वरिपरी घुमिरहेको थियो । मान्छेदेखि कतै नडराउने चितुवालाई सुरुमा त हामीले हल्ला गरेर भगाउने कोशिस गर्‍याैं तर त्यसले हामीलाई नै आक्रमण गर्न खाज्यो’ उनले भने, ‘केही सिप नलागेपछि हामीहरुले ढुंगा प्रहार गर्‍याैं । त्यसपछि मात्रै चितुवा लगभग ५० मिटर तल रहेको खोलातर्फ भाग्यो ।’

    आफ्नै अगाडी गाउँकी छोरीको हत्या गरिएको शव देखेपछि उनीहरुले आफुलाई सम्हाल्न सकेनन् र चितुवालाई प्रहार गरिरहे । गाउँले र चितुवाको बीचमा भएको त्यो भिडन्तमा गाउँका थुप्रैलाई चोट लाग्यो ।
    बिनोद अगाडी भन्छन्, ‘हामीले हसिँया ढुंगा प्रहार गर्दा समेत चितुवा भागेन, त्यसपछि हामीले चारैतिरबाट घेरा लगायौं। लगभग १०० जना रहेका हामी मध्ये चितुवाले केही दाजुभाइलाई समेत आक्रमण गरेर घाइते बनायो ।

    वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण महताले पनि उक्त चितुवा भारतबाट आएको हुनसक्ने बताएका छन् । ‘पहिले पनि यता धेरै घटना घटिसकेका छन् । त्यो बेला हामीले सुरक्षा निकायको सहयोग मागेका थियौ’ उनले भने, ‘यो पटक भने अलि फरक किसिमको घटना घटेको छ । त्यत्रो गाउँलेले घेर्दा समेत नभाग्ने चितुवा यो भन्दा अगाडी देखेका थिएनौ ।’

    किन आक्रमण गर्छ, चितुवाले मान्छेलाई ?
    सामान्यतया चितुवा तथा बाघले ४ अवस्थामा मानिसलाई अक्रमण गर्ने गर्दछ । डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार बच्चा भएको, घाइते भएको, कमजोर भएको अवस्था र मान्छेको रगत खान पल्केको अवस्थामा चितुवाले आक्रमण गर्ने गर्छ ।

    ‘डडेल्धुरा जंगल भएको क्षेत्र भएकाले यहाँ थुप्रै जंगली जनावर छन् । तसर्थ यो घटनामा मारिएको चितुवा नरभक्षी भएको हुनसक्ने हाम्रो अध्ययनले देखाएको छ’ उनले भने, ‘मान्छेको मासु स्वादिष्ट हुने हुँदा पक्कै पनि यो चितुवाले खानलाई नै आक्रमण गरेको हुनुपर्छ ।’ उनका अनुसार उक्त चितुवा भारत तथा चितुवाको अतंक भएको क्षेत्र बैतडीको तल्लो स्वराडबाट आएको हुनसक्छ ।

    ‘इतिहास हेर्ने हो भने डडेल्धुरामा चितुवाले आक्रमण गरेका घटना न्यून छन् । चितुवा पानीमा पनि राम्रोसँग पौडिन सक्ने भएकाले यो भारतबाट आएको पनि हुनसक्छ’ उनले भने । अहिले मारिएको चितुवालाई मुचुल्कापछि डिभिजन वन कार्यालय डडेल्धुरा पसिरमा गाडिएको वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए ।

    कस्तो अवस्थामा जंगली जनावर मार्न पाइन्छ ?
    वन अधिकृत आचार्यका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को ९४ बमोजिम प्रमुख जिल्ला अधिकारीलाई नरभक्षी जनावरलाई मार्न आदेश दिनसक्ने अधिकार हुन्छ ।

    ‘सोही अधिकार अनुसार डडेल्धुरा र बैतडीको सीमा क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा मार्ने निर्णय भइसकेको थियो । तर गाउँलेहरुले प्रहरीभन्दा अगाडी चितुवा मारिदिए ’ उनले भने । सामान्यतया जंगली जनावर मार्न नपाइने भएतापनि प्रतिकार गर्ने बेला अथवा नरभक्षी भएको अवस्थामा त्यस्ता जनावरलाई मार्न पाइने वन अधिकृत आचार्यले बताए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    समाचार

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑