• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  बुटवल बिशेष

    निर्वाहमूखी खेतीप्रणालीको अन्त्य गर्न ६० बिघामा सामूहिक आलु खेति गर्दै तिलोत्तमा

  • बुटवल दैनिक
  • २०७७ कार्तिक १७, सोमबार (५ साल अघि)
  • १२०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • फाईल तस्विर

    बुटवल, कार्तिक १७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यो वर्षबाट ६० बिगाहा क्षेत्रफलमा सामूहिक आलु खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन नगरपालिकाले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराएको हो ।

    किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन नगरपालिका र युएनडिपीको सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आलुको बिजवृद्धि परियोजना सञ्चालन गरेको छ । निर्वाहमूखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गरिएको नगर प्रमुख बास्ुदेव घिमिरेले जानकारी दिनुभयो ।

    यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिँदैछ । यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बिऊको रुपमा विक्री गर्ने गरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारीकी व्यवस्थापक जमुना गिरीको भनाइ छ । परियोजनाले समूहलाई आलुको ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्ने लगायतका काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ वटा पावर ट्रेलर मेसिन उपलब्ध गराएको छ ।

    तिलोत्तमा नगरप्रमुख घिमिरेले आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्न किसानलाई आग्रह गर्दै चक्लाबन्दीमा खेती गर्ने किसानलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने बताए । व्यवसायिक खेती गर्ने किसानलाई सरकारी अनुदानमा प्राथमिकतामा राखिएको उनको भनाइ छ । यस क्षेत्रमा गुणस्तरीय बिऊ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत उत्पादित बिऊले आगामी वर्षहरुमा आलुको उत्पादन वृद्धिमा ठूलो टेवा पुर्‍याउने नगरपालिकाको अपेक्षा छ ।

    समूहहरुमध्ये वडा नम्बर १० को दूर्गामन्दिर अन्नबाली उत्पादक कृषक समूहले सबैभन्दा बढी सात बिगाहामा आलु खेती गरेको छ । यस्तै वडा नम्बर ७ को दर्शनटोला खाद्यान्न कृषि समूहले ६ बिगाहा, वडा नम्बर १० को धानखेतमा माछा पालन कृषक समूह, वडा नम्बर १२ को समैंया मकै उत्पादन कृषि समूह, वडा नम्बर १६ को बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहले पाँच/पाँच बिगाहामा आलु खेती गरेका छन् ।

    निर्वाहमूखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदा समेत गुणस्तरीय बिउ नपाउँदा लागत अनुसारको उत्पादन लिन सकेका छैनन् । नगरपालिकाले आलु उत्पादक कृषक समूहलाई दिगो बनाउन आगामी वर्षमा समेत बजेटको यथोचित व्यवस्था गर्ने नगरप्रमुख घिमिरेले बताए । आलुको आयात प्रतिस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ ।

    समूहहरुमध्ये वडा नम्बर १० को दूर्गामन्दिर अन्नबाली उत्पादक कृषक समूहले सबैभन्दा बढी सात बिगाहामा आलु खेती गरेको छ । यस्तै वडा नम्बर ७ को दर्शनटोला खाद्यान्न कृषि समूहले ६ बिगाहा, वडा नम्बर १० को धानखेतमा माछा पालन कृषक समूह, वडा नम्बर १२ को समैंया मकै उत्पादन कृषि समूह, वडा नम्बर १६ को बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहले पाँच/पाँच बिगाहामा आलु खेती गरेका छन् ।

    त्यस्तै वडा नम्बर ७ का सेमरा बजार तरकारी उत्पादक कृषक समूह, पंगेनी खाद्यन्न बाली उत्पादक कृषक समूह, वडा नम्बर ११ का प्रजारानी कृषक समूह, आधुनिक तरकारी बाली उत्पादक कृषक समूह, कमलपोखरी कृषक समूह, वडा नम्बर १२ को बुद्धभूमि तरकारी उत्पादक कृषक समूहले तीन/तीन बिगाहामा आलु खेती गरेका छन् । वडा नम्बर ४ का क्षितिज नमूना कृषक समूह, विष्णुभक्त तरकारी उत्पादक समूह, महिला जनसेवा आलु उत्पादक सहकारी संस्थाले साढे दुई बिगाहाका आलु खेती गरेका छन् । वडा नम्बर १० को कोटहीमाई अन्नबाली उत्पादक कृषक समूहले दुई तथा रोहिणी अन्नबाली उत्पादक कृषक समूह, कुञ्ज तरकारी उत्पादक कृषक समूह, चन्द्रसूर्य खाद्यान्न उत्पादक कृषक समूह, आर्दश तरकारी बाली उत्पादक समूह, आर्दश तरकारी बाली उत्पादक समूह, प्रगतिशील महिला विकास सहकारीले एक/एक बिगाहामा आलु खेती गरेका छन् ।

    वडा नम्बर ७ का सेमरा बजार तरकारी उत्पादक कृषक समूह, पंगेनी खाद्यन्न बाली उत्पादक कृषक समूह, वडा नम्बर ११ का प्रजारानी कृषक समूह, आधुनिक तरकारी बाली उत्पादक कृषक समूह, कमलपोखरी कृषक समूह, वडा नम्बर १२ को बुद्धभूमि तरकारी उत्पादक कृषक समूहले तीन/तीन बिगाहामा आलु खेती गरेका छन् । वडा नम्बर ४ का क्षितिज नमूना कृषक समूह, विष्णुभक्त तरकारी उत्पादक समूह, महिला जनसेवा आलु उत्पादक सहकारी संस्थाले साढे दुई बिगाहाका आलु खेती गरेका छन् । वडा नम्बर १० को कोटहीमाई अन्नबाली उत्पादक कृषक समूहले दुई तथा रोहिणी अन्नबाली उत्पादक कृषक समूह, कुञ्ज तरकारी उत्पादक कृषक समूह, चन्द्रसूर्य खाद्यान्न उत्पादक कृषक समूह, आर्दश तरकारी बाली उत्पादक समूह, आर्दश तरकारी बाली उत्पादक समूह, प्रगतिशील महिला विकास सहकारीले एक/एक बिगाहामा आलु खेती गरेका छन् ।

    • #तिलोत्तमा नगरपालिका
    • #सामूहिक आलु खेती
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    बुटवल बिशेष सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑