
नवलपरासी, भदाै १८ । बिगत केही बर्ष देखि नेपाली कला संगीतको क्षेत्रमा विभिन्न चलचित्र, सट फिल्म , टेलि श्रृङखला तथा म्युजिक भिडियो निर्माण गरिरहेको शिखा मिडिया प्रा.लि.ले नयाँ प्रतिभा खोजी अभियान सुरु गरेको छ ।
मनोरञ्जनको साथै नयाँ प्रतिभालाई केहि हौसला प्रदान गर्ने उद्देश्यका साथ Online Singing Competition आयोजना गरेको हो । Online Singing Competition कार्तिक १ देखि शुभारम्भ हुने शिखा मिडिया प्रा लिले जानकारी दीएको छ । सहभागीले शिखा मिडिया प्रा.लि.को फेसबुक पेज Darpan Star साथै युटुब च्यानल Darpan TV Nepal लाई अनिवार्य लाईक तथा सब्सक्राईब गरेको हुनुपर्नेछ भने प्रमाणको लागि स्क्रिनसटको फोटो पनि भिडियो सगै पठाउनु पर्नेछ ।
कम्तीमा २ मिनेट सम्मको गायन भिडियो खिचेर इमेल [email protected] मार्फत पठानुपर्ने र केहि समस्या परेको खण्डमा सिधै फोन वा पेजमा मेसेज गरी सहयोग लिन सक्ने प्रा लि ले जनाएको छ ।
विजेता घोषण ५ चरणमा हुनेछ ।पहिलो चरणमा अपलोड हुने भिडियो आउनेको आधारलाई ५० र भिडियोमा प्राप्त भ्युज र आयोजकको निर्णण ५० प्रतिशतको आधारमा खेल सुरु भएको २ महिना पहिलो चरणको खेल घोषणा गरिनेछ ।थप जानकारीको लागि ९८६७०००२६९ वा ९८५७०४६५६९ मा सम्पर्क गर्न सकीने छ ।
नाम दर्ता गर्नको लागि यो लिङ्कमा किलिक गर्नु होला ।


