• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  धर्म संस्कृति

    बैज्ञानिक महत्त्व बाेकेकाे सोह्र श्राद्ध

  • चक्रपाणी डुम्रे
  • २०७७ भाद्र १७, बुधबार (५ साल अघि)
  • ८६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • फाईल तस्विर

    चक्रपाणी डुम्रे ( शास्त्री)

    सोह्र श्राद्धको महत्त्व बैज्ञानिक कारण सहित आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मका १६ दिन लाई पितृपक्ष वा सोह्र श्राद्ध भनिन्छ । यसपालि पनि भाद्र १७ गते बाटै सोह्र श्राद्ध सुरु हुदैछ । आखिर श्राद्ध भनेको के त भन्ने सन्दर्भमा भनिएको छ । “श्रद्धया दियते दानं इति श्राद्धम् ” अर्थात् जुन वस्तु श्रद्धाले दिइन्छ त्यो नै श्राद्ध हो ।” श्रद्धया क्रियते यत्र तच्च श्राद्धं परिकीर्तितम् ।” अर्थात् पितृको उदेश्यले जो कार्य श्रद्धापुर्वक गरिन्छ, त्यसैलाई श्राद्ध भनिन्छ । ”

    देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्रद्धमुदाहृतम ।।” देश, काल र पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको उदेश्यले नामोच्चारण गरी ब्राह्मणलाई जो दान दिइन्छ तो दानलाई श्राद्ध भनिन्छ ।हिन्दुहरुले मात्र होइन संसारका अनेकन जातजाति, धर्म , सम्प्रदाय हरुले आफ्नो बिधि अनुसार श्राद्ध गर्दछ्न् ।

    चिन र जापानमा त हिन्दु धर्मले भन्दा बढी महत्त्व दिएका हुन्छन् । सनातन धर्मअनुसार मानिसले जन्मदेखि बोकेर आएको देवऋण, पितृऋण र ऋषिऋण चुकाउनै पर्ने बताइएको छ। ति मध्य पितृऋण चुक्ता गर्न बुवाआमा जिवित छन् जेल आदरसत्कार , सेवासुश्रया र स्याहारसुसार गर्ने र मृत्यु पश्चात् श्राद्धादी कर्म गरेर पितृ ऋण चुक्ता गर्नु पर्छ भन्ने मान्यता छ। ” मातृदेवो भव पितृदेवोभव आचार्यदेवो भव । देवपीतृकार्याभ्यां न प्रमदितव्यम् ।। ” मातापिता र गुरुलाई जीवित देवता समान मनेर आदर पर्छ । देवकार्य र पितृकार्यमा सदैव सावधान भएर लाग्नु पर्दछ।मातापिता र गुरुको महत्त्वलाई सबै धर्मशास्त्रले उत्तिकै रुपमा ब्याख्या गरेका छ । जन्म देखि लालनपालन ,शिक्षा-दिक्षा र जीवनको मार्ग निर्देशन लगाएत हरेक कुरामा मातापिताको स्वतह महत्त्व पुर्ण भुमिका हुन्छ । स्वभाविक रुपमै मातापिता प्रति मानिस ऋणी हुन्छ । सो ऋण चुक्ता गर्न पनि मातापितालागि वैदिक शास्त्रले निर्दिष्ट गरेका काम गर्न आवश्यक हुन्छ ।

    प्रत्येक बर्ष मातापिताको मृत्यु तिथि मा श्राद्ध गरिन्छ भने पितालाई सोह्र श्राद्धमा पनि विशेष गरिन्छ । श्राद्धमा प्रयोग हुने जौ, तिल, कुश, तामाका भाँडा, पहेँला–सेता फूल, शुद्ध जल आदि विशिष्ट गुण भएका प्राकृतिक पदार्थ हुन्, जसको अन्तरक्रियाले त्यो सूक्ष्म कण र मानव मनलाई जोड्छ । पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ ।

    अघिल्लो दिनदेखि नै कपाल मुण्डन ,सात्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको आत्मालाई सकारात्मकतातिर लैजान सकिन्न । तसर्थ श्राद्धको अगिल्लो दिन एकछाक खानु सत्विक भोजन आवश्यक भएको हो। हिजो आजपनि सोह्र श्राद्ध सुरु भैसकेपछि अर्धमुण्डन नगर्ने , माछामासु लसुनप्याज नखाने पनि गर्छन् ।

    त्यस्तै छोराले मातापितालाई सम्झेर प्रत्येक वर्ष श्राद्ध गर्दा श्रद्धापुर्वक गर्नु पर्दछ भन्ने शास्त्रीय मान्यता छ। यदि जहाँ श्रद्धा छैन भने त्यो केवल औपचारिकताको मात्र श्राद्ध हुनेछ । यदि श्रद्धापुर्वक गरिन्छ भने पितृहरुले ग्रहण गर्दछ्न ।श्राद्धमा तर्पण, अन्न (सिदादान)र पिण्डदानलाई प्रमुख रुपमा लिइएको छ । पाश्चिमीमुलुक हरुमा समेत पितृलाई स्मरण गर्ने प्रचलन सुनिएको छ। जस्तो रेयुकाईहरु अन्तरात्माको विकास कार्यक्रमको सुरुमा पितृहरुलाई सम्झेर प्रार्थना गर्छन् ।त्यस्तै जलको पूर्णकलश , फुल पितृवंशावली रखेर प्रत्येक दिन बिहान पितृहरुलाई सम्झन्छन् यस किसिमबाट जापानीहरु मान्छ्न ।

    पितृहरुले पातालमा दिईएको आन्नलाई सुर्यको प्रकाश द्वारा बास्ना वा सुगन्धका रुपमा ग्रहण गर्छन् भन्ने मान्यता पनि रहिआएको छ। श्राद्ध गर्नाले पितृको कल्याण मात्र होइन, उनीहरूको आशीर्वादबाट श्राद्ध गर्नेको पनि कल्याण हुन्छ, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरूमा वर्णन गरिएको छ ।
    श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ । अर्कोतर्फ केहि लौकिक मान्यतालाई हेर्दा हाम्रा महत्त्वपूर्ण चाड दशैंतिहार सुरु हुन भन्दा पूर्व आफ्ना पितृहरुलाई सन्तुष्ट पारेर मात्र चाड मनाउने रङ्गरमाइलो गर्ने प्रचलन पनि बैज्ञानिक मानिन्छ । नेपाली उखान अनुसार “दैवले दिएको पितृले हर्छ” देवता लाई भन्दा पितृलागि बढी महत्व दिइएको छ । दशैतिहारमा देवताको पुजाआजा गर्नु पूर्व श्राद्ध गरि पितृलाई तृप्त गराउने परम्परा पनि चलेको भन्न सकिन्छ ।

    तसर्थ आफ्नो मातापिताको योगदानलाई स्मरण गर्दै अगि बढ्नु पर्छ। मातापिता समान देवता अर्को हुन सक्दैन । जिवनका हरक्षण मातापिताको चाहाना बमोजिम पुत्रको कर्तव्य बोध गर्दै सत्कर्म तर्फ अभिमुख भइयो भने जीवन पनि सार्थक बन्नुका साथै वर्षेनि श्राद्ध गर्नुको औचित्य हुन्छ ।

    लेखक नेपाल ज्योतिष परिषद् रुपन्देहीको अध्यक्ष हुन् ।

    • #सोह्र श्राद्ध
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    धर्म संस्कृति सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑