• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ५, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

      धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

      देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

      १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

      मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

      पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

      सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

      गणेश नेपाली घटनाको असर : काठमाडौंका सडकमा हराउँदै नगर प्रहरी, बढ्दै अव्यवस्था

      गणेश नेपाली आत्मदाह प्रकरण : ‘विवादपछि पेट्रोल छर्किँदै दौडिए, प्रहरी मोटरसाइकलमै व्यस्त थियो’ – प्रत्यक्षदर्शी

      आगो लगाएर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, प्रहरीले थाल्यो अनुसन्धान

      संसदीय दलको नेता हटाउने प्रावधानलाई गलत अर्थ लगाउन हुँदैन : गणेश पराजुली

      इतर समूह सक्रिय बन्दै, कांग्रेसभित्र छुट्टै कार्यालय सञ्चालन

      विमानस्थलका अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : कार्यालय समयमा अनिवार्य ढाका टोपी लगाउनुपर्ने

      कर्णालीमा बेपत्ता गाडीको खोजीमा अत्याधुनिक प्रविधि प्रयोग, विशेष गोताखोर टोली घटनास्थलमा

      दैलेख बस दुर्घटना: २४ घण्टा बित्दा पनि गाडी बेपत्ता, यात्रुको संख्या अझै खुल्न सकेन

    in
    आज: २०८३ श्रावण ५, मंगलबार
    होमपेज /  बागमती

    काठमाडौँ उपत्यकाकाे तीन स्थानमा ‘फ्लाइओभर’ बनाइने, कुन कुन ठाउँमा बन्दैछ हेर्नुहाेस

  • बुटवल दैनिक
  • २०७७ भाद्र ११, बिहिबार (५ साल अघि)
  • ४०७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं, भदाै ११ । सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

    फेसबुकमा पछ्याउनुहोस्

    उनका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ । यसको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता कम्पनी हायर गरिने र ती कम्पनीले आगामी चार÷पाँच महिनामा यसको डिजाइन तयार गरिसक्ने छ । डिजाइन तयार गर्ने प्रक्रियामा सडक विभागका प्रतिनिधिको पनि संलग्नता रहने बताइएको छ । सोही अनुसार सडक विभागको टोलीले ट्रम्स अफ रिफ्रेन्स (टिओआर) तयार पारिरहेको छ । टिओआर परामर्शदाता कम्पनीलाई अध्ययनका लागि दिइने प्रस्तावना हो ।

    “यसको डिजाइन तयार भएर विभागमा आइसकेपछि ठेक्का सम्झौतामार्फत निर्माण शुरु हुनेछ”, महानिर्देशक शर्मा भने, “चालू आर्थिक वर्षमा नै ती स्थानमा फ्लाइओभर निर्माणको कार्य शुरु हुनेछ ।” चालू आर्थिक वर्षमा सरकारले उपत्यकामा फ्लाइओभर निर्माणका बजेट समेत छुटाएको छ । आगामी वर्ष तीनवटै फ्लाइओभर निर्माण सक्ने लक्ष्य विभागले लिएको छ ।

    चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको चक्रपथमा सरकार आफैंले फ्लाइओभर निर्माण गर्न लागेको उनले बताए । अहिले आठ लेनको सडक छ भने बीचमा मुख्य चार लेन छ । चार लेनको सीधा सडकमा हिड्न फ्लाइओभर निर्माण गरिने महानिर्देशक शर्माको भनाइ छ । “उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ निर्माण हुने भएपनि ती स्थानमा सरकारको आफ्नै लगानीमा निर्माण हुनेछ”, उनले भने, “सरकारको लगानीमा निर्माण हुन लागेको यी नै पहिलो फ्लाइओभर हुनेछन् ।”

    चक्रपथ आठ लेनको भएपनि मुख्य मुख्य चोकमा सवारीसाधन जाममा बस्नुपर्ने बाध्यता छ । कलङ्की चोकमा अण्डरपास निर्माण गरिएका कारण जाम घटेपनि ग्वार्को, सातदोबाटा र एकान्तकुना चोकमा जामको समस्या छ भने सवारीसाधन वारपार गर्दा दुर्घटनाको जोखिम त्यतिकै बढेको छ । सोही समस्यालाई मध्यनजगर गर्दै मुख्य लेनमा आउजाउँका लागि फ्लाइओभर निर्माणको योजना अघि सारिएको विभागले जनाएको छ । डिपीआर तयार भएपछि मात्र फ्लाइओभर कस्तो मोडेलमा निर्माण हुने भन्ने तय हुनेछ ।

    यसको निर्माण शुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने महानिर्देश शर्माको भनाइ छ । नेपाली निर्माण व्यवसायीलाई नै यसको निर्माणको जिम्मेवारी दिइने उनले बताए । “विगतमा जटिल प्रकृतिका पुल निर्माण गरेका व्यवसायीलाई नै यसको जिम्मेवारी दिइनेछ”, उनले भने, “उहाँहरुले नै गर्न सक्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।”

    अबको केही वर्षमा नै उपत्यकाको विभिन्न स्थानमा ‘फ्लाइओभर’को निर्माण हुनेछ । सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि फ्लाइओभर निर्माण भएको छैन् । अब निर्माण हुने फ्लाइओभरमध्ये केही वैदेशिक लगानीमा त केही नेपाल सरकारको लगानीमा हुनेछ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा नेपाल, चक्रपथमा चीन र कोटेश्वर, वानेश्वर तथा थानकोटमा जापान सरकारको सहयोगमा फ्लाइओभर निर्माण हुन लागेको छ । यी सबै ‘फ्लाइओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा झण्डै आठवटा फ्लाइओभर हुनेछ ।

    काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप सबैभन्दा बढी हुने स्थानमा वानेश्वर र जडिबुटी चोक छन् । यी दुबै स्थानमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाएको महानिर्देशक शर्माको भनाइ छ । यसबारे जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक पटक छलफल गरिरहेको छ ।

    बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्ष पहिले जाइकाकै ऋण सहयोगमा तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यबिनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ ।

    त्यस्तै, नेपालको सडक यातायातको इतिहासमा पहिलो पटक आधुनिक सुरुङमार्ग निर्माणसँगै ‘फ्लाइओभर’ र ‘अण्डर पास’ निर्माण हुँदैछ । नागढुङ्गा सिस्नेखोला सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा ‘फ्लाइओभर’ बन्नेछ । उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्ने बताइएको छ । जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा सो सुरुङमार्ग निर्माण गर्ने गरी सरकारसँग सम्झौता भएको थियो । गत बर्ष सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता गरिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गर्नुभएको सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । कोभिड–१९ को प्रभावका कारण यसमा अपेक्षा गरेअनुसार निर्माण अघि नबढेको बताइएको छ । बिसं। २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रुपमा कलङ्की चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु र महाराजगञ्जलगायत चोकमा ‘फ्लाइओभर’ र ‘अण्डर पास’ निर्माण गरिने भएको छ ।

    • #फ्लाइओभर
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    समाचार

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑