• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  समाचार

    रोट्रयाक्ट रुपन्देहीको ९औँ पदस्थापना तथा स्थापना दिवस, अध्यक्षमा भण्डारी पदस्थापित

  • मिलन पंगेनी
  • २०७७ भाद्र ८, सोमबार (५ साल अघि)
  • १२९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १९ मिनेट
  • फाईल तस्विर

    बुटवल, भदौ ८ । रोट्रयाक्ट क्लब अफ रुपन्देहीले आफ्नो ९औँ पदस्थापना तथा स्थापना दिवस सम्पन्न गरेको छ। हाल विश्वमा कोभिड–१९ ले निम्ताएको संकटलाई मध्यनजर गर्दै भौतिक रूपमा ठुलाे कार्यक्रम गर्न न भएकाले रोटा बर्ष २०-२१का नयाँ पदाधिकारीहरुले अनलाईन मिटिङ्ग एप्स ZOOM मार्फत भदाै ७ गते आइतबार औपचारिक रूपमा पदस्थापन गरेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    रोट्रयाक्ट रुपन्देही रोटा बर्ष १९-२०का अध्यक्ष रोट्रयाक्ट र राजेश खरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गर्भनर राजिव पोख्रेलको प्रमुख आतिथ्यता र रोट्रयाक्ट डि आर आर रोट्रयाक्टर सञ्जीव पौडेल, रोटरी एजी रोटरीएन धुर्ब धिताल, रोटरी एजी रोटरीएन राजकुमार गुप्ता, रोट्रयाक्ट रुपन्देहीका संस्थापक अध्यक्ष रोटरीएन प्रकाश गौतम, रोटरी रुपन्देहीका अध्यक्ष रोटरीएन गौतम भुसाल, रोटरी एन प्रोफेसर डा. आर सी आचार्य हरुको विशिष्ट आतिथ्य साथै रोट्रयाक्ट रुपन्देहीका पूर्व अध्यक्षहरु, रोटरी रुपन्देहीका पूर्व अध्यक्षहरु, रोटरी डिष्ट्रिक्ट का पदाधिकारी, जोन १२का पदाधिकारी, ब्रदर क्लब रोट्रयाक्ट राममणि, ट्वीन क्लब विराटनगर, ईन्त्रक्ट क्लब लगायत देश भर रहेका रोटरी तथा रोट्रयाक्ट क्लब का विभिन्न अध्यक्ष र पदाधिकारी, मीडिया कर्मी र समाजसेवी हरुको आतिथ्य कार्यक्रम सम्पन्न भएको थियो ।

    पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष रोट्रयाक्टर राजेश खरेलले अध्यक्ष मिलन भण्डारीलाई रोटरी ग्राभेल तथा ह्याम्मर हस्तान्तरण गर्दै पदस्थापन गराएका थिए । आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै निवर्तमान अध्यक्ष खरेलले नयाँ कमिटिलाई सफल कार्यकालको शुभेच्छा सहित निरन्तर सहयोगको प्रतिबद्धता पनि ब्यक्त गरे । पदस्थापनसँगै अध्यक्ष भण्डारीलाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर प्रमुख अतिथि रोटरीएन राजिव पोख्रेलले शपथ ग्रहण गराए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष भण्डारीले शपथ ग्रहण गराए सँगै क्लबमा प्रवेश गर्ने अन्य २०जना सदस्यहरु लाई जोन १२का जेडआरआर धनन्जय कुमार बर्नवलले शपथ ग्रहण गराएका थिए ।

    कार्यक्रममा नयाँ अध्यक्ष भण्डारीले विगत ९ बर्ष देखि समाजिक तथा ब्यक्तित्व विकासमा लागि परेको संस्थाको ९ औँ अध्यक्ष को रूपमा जिम्मेवरी पाउँदा निकै खुसी र हर्षित भएको बताए । उनले भने “नयाँ समिति र नयाँ सोच का साथ कोरोनाले निम्त्याएको कठिन परिस्थितिमा पनि आफ्नो कार्यसम्पादनमा कुनै कमी आउन दिने छैनौँ र बर्ष भरी निकै महत्वपूर्ण र प्रेर्णमुलक कार्यक्रम गरी क्लबको नाम उच्च राख्न सधैँ लागि पर्ने छौं” ।

    आफ्नो वार्षिक कार्ययोजना बारे जानकारी गराउँदै अध्यक्ष भण्डारीले रोट्रयाक्ट क्लब अफ रुपन्देहीको सचिवालय निर्माण गर्ने भावी योजना रहेको बताए । करिब १५लाख को लागतमा १५बर्ष का लागि जग्गा लिजमा लिई सचिवालय निर्माणका लागि समिति गठन भएको र यसै बर्ष निर्माण सम्पन्न हुने गरी काम सुरु हुन लागेको जानकारी दिए ।

    पदस्थापन सँगै सो समारोहमा रोट्रयाक्ट क्लब अफ रुपन्देहीको स्थापना दिवसको अवसर मा रोट्रयाक्ट क्लब अफ रुपन्देहीका संस्थापक अध्यक्ष रोटरीएन प्रकाश गौतम ले केक काटी,क्लब को जन्मदिनको अवसरमा सम्पुर्णलाई बधाई साथै क्लबको जिम्मेवारी नयाँ पाएका पदाधिकारीहरु लाई शुभकामना व्यक्त गर्नु भयो ।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि रोट्रयाक्ट डिआरआर रोट्रयाक्टर सञ्जीव पौडेलले रोट्रयाक्ट को आवश्यकता र महत्व बढ्दै गएको बताउँदै थप जिम्मेवार भएर अघि बढ्न सुझाए । उनले भने “रोट्रयाक्ट रूपन्देहीले यस वर्ष शुरू गर्न लागेको भावी योजना हरु निकै प्रशंसा छ, मेरो साथ r समर्थन सदैव तपाईंको हरु सँगै रहने छ सफल कार्यकाल साथै स्थापना दिवसको शुभकामना !” । सँगै विशिष्ट अतिथिहरु रोटरी एजी रोटरीएन धुर्ब धिताल, रोटरी एजी रोटरीएन राजकुमार गुप्ता, रोटरी रुपन्देही अध्यक्ष रोटरीएन गौतम भुसाल, रोट्रयाक्ट रुपन्देहीका संस्थापक अध्यक्ष रोटरीएन प्रकाश गौतम र रोटरीएन प्रोफेसर डा. आर सी आचार्यले क्लबको स्थापना दिवस सँगै नयाँ समिति लाई सफल कार्यकालको शुभकामना दिए ।

    प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गर्भनर रोटरीएन राजिव पोख्रेलले रोट्रयाक्ट क्लब हरुले देश र समाजमा पर्ने प्रभाव सँगै रोटरी इन्टरनेशनल ले गर्दै आएको काम हरु बारे जानकारी गराउनु भयो । करिब ११५ बर्ष अगाडि स्थापना भएको रोटरी इन्टरनेशनल अहिले विश्वभर फैलिएको र समाज सुधार सँगै ब्यक्तित्व सुधारमा पनि लागि परेको बताउनु भयो ।

    पदस्थनपन साथै स्थापना दिवस समारोहमा ब्रदर क्लब रोट्रयाक्ट क्लब अफ राममणि का अध्यक्ष रोट्रयाक्ट र शिशिर भुसाल, ट्वीन क्लब रोट्रयाक्ट क्लब अफ विराटनगरका अध्यक्ष सविन राउत, रोटरी क्लव का पूर्व अध्यक्ष गोपाल प्रसाद न्यौपाने, रोट्रयाक्ट रुपन्देहीका पूर्व अध्यक्ष हरि पन्थ, आई पी डी आर आर स्नेहा शाक्य, डी आर आर एलेक्ट सुमित बज्राचार्य लगायतले आफ्ना भनाइहरु राख्दै सफल कार्यकालको शुभेच्छा प्रकट गरे ।

    करिब ११५ जनाकाे उपस्थिति रहेको उक्त कार्यक्रममा क्लब का उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोट्रयाक्टर अनिल अर्यालको स्वागत मन्तव्य, प्रथम उपाध्यक्ष रोट्रयाक्टर तेजेन्द्र कार्कीको धन्यवाद ज्ञापन र वर्ष २०१९-२० का सचिव एवं २०-२१ का चाैँथाे उपाध्यक्ष  रोट्रयाक्टर राम प्रकाश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । ९औँ अध्यक्ष भण्डारी विगत १४ बर्ष देखि रोटरी इन्टरनेशनल संग आबद्ध रहेका छन् भने युनियन लाइफ इन्स्योरेन्स मुर्गिया शाखाका शाखा प्रमुखको रूपमा कार्यरत छन् ।

    • #रोट्रयाक्ट क्लब अफ रुपन्देही
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑