वि.सं. २०७७ भदौ ५। शुक्रवार। इ.स. २०२० अगस्ट २१। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। तृतीया, २६:०८ उप्रान्त चतुर्थी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिन तपाईंको लागि उत्तम रहेको छ ,मानसिक तथा शारीरिक रूपमा सबल भईएला,कुनै पनि नयाँ कामको थालनी पनि हुनसक्छ,जागीर तथा नोकरी बाट बिशेष लाभ होला ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययन तथा अध्यापनमा मन जाने समय रहेकोे छ,मानसम्मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, दिउँसो पख भने शारीरिक पिडा हुनसक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बिनाकारण कुनै विवादमा परिएला, तपाईंको खुट्टा तान्नेहरु कमि हुने छैनन् ,बोल्दा सावधानि अपनाउनुहोला,मध्याह्न पछी भने शुभ समाचार सुन्नाले मन प्रसन्न रहला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धन प्राप्त हुनाले मानमा उमंग तथा उत्साह भरिनेछ, मान सम्मानमा वृद्धि हुनाले बोलेका कुराहरू लागू होलान् , आजको दिन कुनै बिशिस्ट व्यक्ति संग भेट होला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धन आर्जनका नयाँ बाटाहरु खुल्नेछ्न, तपाईंको बोली कसैले काट्न सक्ने छैनन् , कुटुम्वको सहयोग प्राप्त होला, तरपनी दाँत तथा घाटीको समस्याले सताउन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पराक्रम तथा बलमा वृद्धि हुनेछ, विशेष प्रकारका कार्यक्रमहरु घरमा सम्पन्न होलान् , धेरै समयपछि मित्रसँगको भेटले मन हर्षित रहला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
गाडी साधन बाहन तथा पशु चौपायाबाट लाभ होला , आमाको स्वास्थ्य कमजोर हुनाले मन खिन्न रहला,तपाईंको इच्छा बिपरित धन खर्च होला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
खुट्टा तान्ने हरुको पनि कमि हुनेछैन, शिक्षासम्बन्धि कुनैपनि नयाँ अवसर हरु पनि आउनसक्छ, धार्मिक तथा सामाजिक काॠ गरिएला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको दिन तपाईंका शत्रुहरु नाश होलान् , खुट्टा तान्नेहरु पनि तपाईंको शरणमा पर्नेछन् , रोग तथा ऋणबाट मुक्ति मिल्ला, धन प्राप्तिको योग बनेकाले धन प्राप्त हुनसक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पत्नी तथा पुत्रको सहयोग प्राप्त होला कुनै पनि नयाँ स्थानको भ्रमण होला, अनुहारमा कान्ति तथा सुन्दरता आउनेछ, मन परेको व्यक्तिसँग भेट होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको दिन तपाईलाई पशु तथा चौपायाबाट हानी होला,पाउनपर्ने धन आज पनि नपाइएला,बिरोधि तत्वहरु सक्रिय रहनेछन्, बोल्दा वा हिड्दा होसियार रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाइँका लागि आजको दिन नयाँ बिचार तथा सृजना लिएर आउनेछ , मनमा सेवाको भाव आउला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुनपनी सकिने योग छ ।