• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    तिलोत्तमा नगरबासीहरुमा नगर प्रमुख बासुदेव घिमिरेको अपिल !

  • बुटवल दैनिक
  • २०७७ श्रावण २९, बिहिबार (६ साल अघि)
  • ९८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    तिलोत्तमा :- तिलोत्तमा नगरका मेयर बासुदेव घिमिरेले विहिबार सामाजिक सञ्जालमार्फत नगरबासीका नाममा सजगता अपनाउन आह्वान गरेका हुन् । कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई कम गर्न बढी भिडभाड हुने सरकारी कार्यालयहरुको कामकाज समेत बन्द गरेको नगरपालिकाले कोरोना सम्बन्धि बुझ्नु परेमा पैसा नलाग्ने टेलिफोन नम्बर १६६०७१५६६६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    नगर प्रमुख बासुदेव घिमिरेको अपिल !

    आदरणीय नगरबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु !
    यतिबेला विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको व्यहोरा सबैलाई अवगत नै छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको सबैलाई जानकारी भएकैं विषय हो । रुपन्देहीमा समेत कोरोना संक्रमणका बिरामीहरु बढेका छन् । कोरोना हाम्रो वरिपरि आइसकेको छ । तिलोत्तमा नगरपालिमा समेत छिटफुट रुपमा समुदायस्तरमा कोरोना देखिएको पाइएको छ । तर, स्थिति नियन्त्रण बाहिर गैसकेको छैन । तसर्थ यो संघीन अवस्थामा म आमनगरबासीलाई उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन हार्दिक अपिल गर्दछु । नेपाल सरकारले लकडाउन खुला गरे पनि कोरोना भाइरस सर्न सक्ने सम्भावना यथावत् रहिरहेकोले विगतमा जस्तै स्वास्थ्य सचेतना अपनाउनुहुन सबै नगरबासीमा अनुरोध गर्दछु ।

    अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, किनमेल वा कार्यालयबाट सेवा लिँदा भौतिक दुरी कायम गर्न, बेला-बेलामा साबुन पानीले मिचिमिचि हात धुन वा गुणस्तरीय स्टानेटाइजर प्रयोग गर्न सबैलाई विशेष आग्रह गर्दछु । कुनै पनि कार्य-प्रयोजनको नाममा भीडभाड नगर्न तथा भीडभाड हुन नदिन, धार्मिक तथा सांस्कृतिक कार्य गर्दा पनि सामाजिक दुरी कायम राखी स्वास्थ्य सुरक्षा अपनाउन, भारत वा तेस्रो मुलुकबाट आएका व्यक्तिले नगरपालिकाको स्वास्थ्य शाखा, वडा कार्यालय वा नगरपालिका कार्यालयमा सम्पर्क गर्न, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, स्वास फेर्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या देखिएमा नजिकैंको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क राख्न र कोरोना महामारीको सन्दर्भमा कुनै कुरा बुझ्नु परेमा नगरपालिकाको पैसा नलाग्ने टेलिफोन नम्बर १६६०७१५६६६ मा सम्पर्क गर्न म सबै नगरबासीलाई अपिल गर्दछु ।

    कोरोना महामारी नियन्त्रणको लागि विगतमा नेपाल सरकारले गरेको लकडाउन कार्यान्वयनमा नगरबासीले देखाउनु भएको तत्परता निकै प्रशंसनीय रह्यो । तर, लकडाउनले आर्थिक, सामाजिक, विकास निर्माण, उत्पादनलगायतका तमाम क्षेत्रमा पारेको नकारात्मक असरप्रति हामीहरु जानकार नै छौं । यसर्थ समग्रमा लकडाउन गर्नुभन्दा उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाउनु नै अहिलेको आवश्यकता हो भन्ने हामीहरुको बुझाइ छ ।

    कोरोना संक्रमण फैलिन नदिन गरिने लकडाउनको अर्थ मानिसहरु बीचको दुरी कायम गर्नु हो । यसैले यो बेलामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनुले लकडाउनको मर्मलाई समेट्छ भन्ने बुझाइमा एकरुपता आउन जरुरी छ । कोरोना समुदाय स्तरमा गैसकेकोले हामीहरु बडो संयम हुनुपर्ने बेला यहीँ हो । हाम्रो स्वास्थ्य हाम्रो हातमा छ । स्वास्थ्य नैं मानिसको सबैभन्दा ठूलो धन हो । मानिस स्वस्थ रह्यो भने नैं धनपैसा र अवसरको औचित्य रहन्छ । त्यसैले यो संवेदनशील अवस्थामा हामीहरु घरमैं बसौं ।

    पछि गरेर पनि हुने काम, भेटघाट वा अन्य प्रयोजनको लागि घरबाहिर ननिस्कौं । यो चोक चोकमा जम्मा भएर गफ गर्ने, खेल्ने वा अन्य कार्य गर्ने बेला होइन । एउटा व्यक्तिले हेलचेक्राइँ गर्दा सयौं व्यक्तिको स्वास्थ्य जोखिममा पर्न सक्ने विषयप्रति सचेत रहन म सम्पूर्ण नगरबासीलाई आग्रह गर्दछु ।

    आदरणीय नगरबासी महानुभावहरु !
    नेपालीहरुका महान् पर्वहरु एकपछि अर्को गर्दै हामीहरुको घर–आँगनमा आइपुगेका छन् । नजिकैं आउँदै गरेको तीज पर्वको आफ्नैं धार्मिक तथा सांस्कृतिक महत्व त छदै छ, त्यससँगै सामाजिक महत्व पनि उत्तिकैं छ । तीज महिलाहरुबीच हुने नाचगान, खानपिन, भेटघाटसँग पनि सम्बन्धित छ । दिदीबहिनीहरु एकै ठाउँ जम्मा भई नाचगान गरेर आत्मियतासँगै आफ्ना सुख, दुःख साटेर मनलाई हलुङ्गो बनाउने चाडपर्वको रुपमा तीज पर्व हामीहरुमाझ परिचित छ ।

    यहीँ कारण वर्षौदेखि तीजको अवसरमा विभिन्न संघ-संस्था, क्लव, आमा समूह, समाज, टोल विकास संस्थालगायतले औपचारिक रुपमा दिदीबहिनीहरुको ठूलो जमघट बनाएर कार्यक्रम गर्दै आएको विषय तपाईं हामीहरु सामू स्पष्ट नै छ । तर, यो वर्ष परिस्थिति बिल्कुल फरक छ । कोरोना महामारीको कारण विगतमा जस्तोगरी तीजलगायतका हाम्रा धार्मिक एवं सांस्कृतिक पर्व, पूजाआजालगायतका धार्मिक कार्य निष्फिक्री रुपमा मनाउन मिल्ने अवस्था यो वर्ष छैन भन्ने यथार्थतालाई गम्भीरतापूर्वक लिनुहुन म सम्पूर्ण नगरबासी दिदीबहिनीहरुमा अनुरोध गर्न चाहान्छु । कोरोना महामारीबाट आफू बच्नु र अरुलाई बचाउनु अहिलेको पहिलो आवश्यकता हो ।

    मानिसहरुको जमघट, भीडभाडबाट कोरोना महामारी फैलिन सक्ने यथार्थतालाई मनन गरी धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्वहरु आ-आफ्नैं स्थानबाट मनाउन म सबैलाई अपिल गर्दछु । स्वास्थ्य नैं मानिसको ठूलो सम्पत्ति हो । महामारीबाट जोगिए पर्वहरु आगामी वर्ष धुमधाम मनाउन सकिन्छ । त्यसैले अत्यावश्यक कामबाहेक धार्मिक तथा सांस्कृतिक पर्व मनाउन एक ठाउँको व्यक्ति अर्को ठाउँमा जानु पनि अहिलेको विषयम परिस्थितिको कारण हितकर मानिँदैन । यसर्थ चाडपर्वको नाममा जमघट, भीडभाड नगर्न/नगराउन अपिल गर्दै प्रविधिको प्रयोग गरी आफ्नै परिवारमा सीमित भएर तीज पर्व हर्षोल्लासपूर्वक मनाउन सबैलाई अनुरोध गर्दछु ।

    आदरणीय नगरबासी महानुभावहरु !
    यो विशेष अवस्था हो, तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको रोकथामको लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण कामहरु गरिरहेको छ । तर, कोरोना महामारी रोकथामको लागि लकडाउन गर्नुपर्ने अवस्था नै हो भने के-कस्ता प्रावधानसहित लकडाउन गर्न उपर्युक्त हुन्छ भन्ने विषयमा रचनात्मक सुझाव दिनुहुन सबै नगरबासीमा आग्रह गर्दछु । २०७७ साउन २९ गतेबाट तिलोत्तमा नगरपालिका र मातहतका निकायका कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरिएको जानकारी गराउन चाहान्छु ।

    सबै तहका सरकारले स्वास्थ्य सुरक्षाको विषयमा गरेका निर्देशन हामीहरुको स्वास्थ्यका लागि हो । यसर्थ यसको पूर्णपरिपालना गरौं । कोरोना भाइरसले सानाठूला, धनिगरिब कोही पनि भन्दैन । त्यसैले यो विषयमा सबै सचेत बनौं, आआफ्नो घरभित्र बसौं । यसलाई सरकारलाई गरेको सहयोगको रुपमा मात्र होइन, आफ्नै स्वास्थ्य रक्षाका लागि गरिएको कार्य हो भन्ने बुझौं ।

    कोरोनासँगको लडाइँका लागि तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोष, खाद्य बैंकमा नगद रुपैंयाँ, खाद्यन्न, स्वास्थ्य सामाग्रीलगायतका अन्य विविध प्रकारको सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता राजनीतिक दल, जनप्रतिनिधि, उद्योग, वाणिज्य, व्यापार संघ-संगठन, विभिन्न संघ-संस्था, बैंक, सहकारी, क्लव, आमा समूह, व्यक्ति, शिक्षण संस्था, खानेपानी, वन, व्यवसायिक प्रतिष्ठान, टोल विकास संस्थालगायत सम्पूर्णमा पुनः एकपटक हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु । कोरोना पूर्वतयारीको काममा अग्रपंक्तिमा रहेर जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्दै आउनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगर प्रहरी, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, स्वयंमसेवक, टोल विकास संस्थाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

    घरमैं बसौं, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कौं, अत्यावश्यक काम गर्दा भौतिक दुरी कायम गरौं । आफ्नो, परिवार र समुदायको स्वास्थ्यप्रति सबै सजग बनौं । कोरोना पूर्वतयारीको अग्रपंक्तिमा रहेर काम गर्नेलाई सक्दो सहयोग र सम्मान गरौं ।

    बासुदेव घिमिरे, प्रमुख
    तिलोत्तमा नगरपालिका
    मिति २०७७ साउन २९ गते

    • #तिलोत्तमा नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑