• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

    in
    आज: २०८३ भाद्र २७, शनिबार
    होमपेज /  समाचार

    सार्वजनिक सवारीको भीडभाडले उपत्यकामा कोरोना जोखिम उच्च

  • बुटवल दैनिक
  • २०७७ श्रावण २५, आईतबार (६ साल अघि)
  • ९५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं – साउन २५ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्की बताउँछन् ।

    यातायात पूर्वाधारको राम्रो व्यवस्था नभएको र कार्यालय सञ्चालनमा रहेकाले आम मानिस जोरबिजोरबीच बाध्य भएर जोखिमपूर्ण यात्रा गर्दा रोगको सङ्क्रमण बढ्न थालेको उनी बताउँछन् । गत बिहीबारदेखि जोरबिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ । भौतिक दूरी कायम नगरे कोरोनाको जोखिम जहाँसुकै हुने अध्यक्ष कार्की बताउँछन् । पछिल्लो समय उपत्यकाका रेष्टुरेन्टमा भीड बढेको उनले सुनाए ।

    कागेश्वरी मनोहरा नगरपालिका–५ का स्थानीयवासी श्रीराम सापकोटा कलङ्की चक्रपथ हुँदै साँखु चल्ने सार्वजनिक यातायातले शनिबार उभिएर यात्रु राख्दासमेत कतै पनि प्रहरीले जाँच नगरेको बताउँछन् । कम सवारी चल्दा गन्तव्यमा पुग्नै पर्ने यात्रु उभिएर पनि जान बाध्य भइरहेका छन् । भीडभाडमा कोरोना सर्ने जोखिम धेरै भए पनि जीविकोपार्जनका लागि यस्तो यात्रा गर्न पनि बाध्य हुनुपरेको यात्रु गीता ढकालको भनाइ छ । दैनिक टीकाथलीबाट आउने सवारीमा सिटभर र उभिएरसमेत यात्रा गर्न बाध्य हुनुको विकल्प नरहेको उनले सुनाए ।

    सार्वजनिक यातायातले साबिककै जति यात्रु बोक्न थाले पनि भाडा भने विभागले तोकेअनुसार ५० प्रतिशत बढाएरै असुल गरिरहेका छन् । सुन्दरीजलबाट रत्नपार्क आउने बा३ख १७७ नं सार्वजनिक यातायातले सात÷आठ जना यात्रु उभ्याएर यात्रा गरायो । यो यात्राको मार्गमा पर्ने महानगरीय प्रहरी वृत्त बौद्ध र त्यसअन्तर्गतको प्रभाग गोकर्णको मूल सडकमै भए पनि देखेको नदेखेकै गरिदिए । पुतलीसडकमा झरेका एक यात्रुले साबिककै भाडा दिएपछि परिचालकले ५० प्रतिशत बढेको भाडा माग गरे ।

    यात्रु रामसुन्दर श्रेष्ठ ५० प्रतिशत बढेको भाडा नदिएपछि परिचालकसँग बाझ्नु परेको सुनाउँछन् । यात्रु श्रेष्ठले बढेको ५० प्रतिशत भाडा तिर्नुपरे ट्राफिक प्रहरीलाई खबर गर्छु भनेपछि चालकले सवारी दौडाएर बागबजारतिर लगे । उनले भने महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नं फोन गरेर कारवाही गर्न उजुरी टिपाएको सुनाए ।

    महाशाखाका प्रवक्ता वामदेव गौतम ट्राफिकले उपत्यकाका ३२ स्थानमा जाँच केन्द्र नै स्थापना गरी बढी यात्रु चढाए नचढाएको अनुगमन भइरहेको बताउँछन् । शनिबारसमेत नियम विपरित चलेको एक हजार १७५ सवारी नियन्त्रणमा लिइएको थियो । त्यसमध्ये ८०० मोटरसाइकल र ३७५ ठूला सवारी रहेको प्रवक्ता गौतमले बताए । “सङ्क्रामक रोगको जोखिम बढिरहेका बेला दोहोरिएर नियम विपरीत चलाउने सवारीलाई सङ्क्रामक रोग  ऐनअनुसार हदैसम्मको कानूनी कारवाही गर्छौं, सिट क्षमताको ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउनेलगायत नियम उल्लङ्घन गरेमा महाशाखाको १०३, नेपाल प्रहरीको १०० र नजीकको प्रहरी कार्यालयको टेलिफोन नं फोन गरेर सवारी नं टिपाए तत्काल मोटरसाइकलमा खटिने समूहले कानूनी कारवाही गर्छ,” उनले भने ।

    ट्राफिकले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिक यातायातको अनुगमन गरिरहेको भने पनि स्थलगत रुपमा त्यस्तो नदेखिएको यात्रुको गुनासो छ । राजधानीको काठ क्षेत्रमा चल्ने सवारी साना छन् । दुईजना समेत बस्न नमिल्ने सिटमा विगतमा बस्दा पनि कोचिनुपर्ने पीडा भोगेका यात्रु हाल कोरोना सर्ने चिन्तामा आवतजावत गर्न बाध्य छन् । कोरोनाको महामारीका बेला सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने भनी बनाएको नियम लागू गर्ने सवारीका परिचालकले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्नुपर्ने नियमलाई भने बेवास्ता गरेका छन् । भीडभाड सवारीमा कोरोना सर्ने जोखिम उच्च हुन सक्ने यात्रुको गुनासो छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य उपत्यकाबाहिर सार्वजनिक यातायात चल्न नदिए पनि रातो प्लेटका सवारीमा बढी भाडा तिरेर राजधानीमा यात्रु आइरहेको दाबी गर्छन् । यसरी आउने यात्रुका कारण उपत्यकामा कोरोनाको जोखिम अझै बढ्ने उनको भनाइ छ । राजधानीमा चल्ने साझा यातायात साँगा भञ्ज्याङसम्म पुगेर सिट क्षमताभन्दा बढी यात्रु ओसार्दा पनि प्रहरी मुकदर्शक बनेको महासङ्घले जनाएको छ । दोलालघाटलगायत काभ्रेपलाञ्चोक जिल्लाका सीमास्थलबाट आएका मानिस साँगाबाट साझा चढी राजधानी छिर्ने गरेको पनि अध्यक्ष कर्माचार्यले बताए ।

    • #भीडभाड
    • #सार्वजनिक सवारी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    समाचार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑