• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ५, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

      धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

      देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

      १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

      मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

      पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

      सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

      गणेश नेपाली घटनाको असर : काठमाडौंका सडकमा हराउँदै नगर प्रहरी, बढ्दै अव्यवस्था

      गणेश नेपाली आत्मदाह प्रकरण : ‘विवादपछि पेट्रोल छर्किँदै दौडिए, प्रहरी मोटरसाइकलमै व्यस्त थियो’ – प्रत्यक्षदर्शी

      आगो लगाएर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, प्रहरीले थाल्यो अनुसन्धान

      संसदीय दलको नेता हटाउने प्रावधानलाई गलत अर्थ लगाउन हुँदैन : गणेश पराजुली

      इतर समूह सक्रिय बन्दै, कांग्रेसभित्र छुट्टै कार्यालय सञ्चालन

      विमानस्थलका अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : कार्यालय समयमा अनिवार्य ढाका टोपी लगाउनुपर्ने

      कर्णालीमा बेपत्ता गाडीको खोजीमा अत्याधुनिक प्रविधि प्रयोग, विशेष गोताखोर टोली घटनास्थलमा

      दैलेख बस दुर्घटना: २४ घण्टा बित्दा पनि गाडी बेपत्ता, यात्रुको संख्या अझै खुल्न सकेन

    in
    आज: २०८३ श्रावण ५, मंगलबार
    होमपेज /  बागमती

    नुवाकोट आजदेखि ‘लकडाउन’

  • बुटवल दैनिक
  • २०७७ श्रावण २३, शुक्रबार (५ साल अघि)
  • २३३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    नुवाकोट, साउन २३ ।

    फेसबुकमा पछ्याउनुहोस्

    नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ ।

    सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ ।

    यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।

    उनका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नपा–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको छ ।

    बैठकले खेलकूदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधिको अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

    बाह्र वर्षमुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई अत्यावश्यक कार्यबाहेक घर बाहिर ननिस्कन तथा हिँडडुल नगर्र्न समेत गरिएको छ ।

    यसैगरी यही साउन २५ गतेदेखि अर्को आदेश नभएसम्म जिल्लाभित्रका सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामध्ये सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका मापदण्डअनुरुप अतिआवश्यक सेवा मात्र प्रदान गर्ने निर्णय गरिएको प्रजिअ ढकालले जानकारी दिए ।

    उहाँका अनुसार यही निर्णयका आधारमा आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक स्थानीय तहको लागि सातामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय गरिएको छ ।

    केन्द्रले जिल्लाको ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना रोकथाम समूह’ गठन गर्ने, जिल्ला प्रवेश गर्ने बेलकोटगढी नगरपालिकास्थित कोल्पुटार नाकालाई थप व्यवस्थित बनाउने तथा ककनी र शिवपुरी गाउँपालिकास्थित सबै नाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

    यसैगरी आवतजावतमा कडाइ गर्ने र अतिआवश्यक कामबाहेकलाई मात्र पूर्वअनुमति लिएर आएकालाई मात्र प्रवेश गर्न दिने केन्द्रले जनाएको छ ।  कोरेना सङ्क्रमण रोक्न जिल्लाभित्र कडाइ गर्न थालिएको हो ।

    • #लकडाउन
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    समाचार

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑