• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  आजको पत्रपत्रिका बाट

    कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

  • बुटवल दैनिक/पत्रपत्रिका
  • २०७७ श्रावण २२, बिहिबार (६ साल अघि)
  • ४५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं, साउन २२ ।

    फेसबुकमा पछ्याउनुहोस्

    चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का युवा केदार कार्कीलाई पनि आफू काम गर्दैै आएको मुलुक जापान फर्कन मन छ । उनले जापान फर्कन धेरै प्रयास गरे ।

    तर, कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सिर्जित समस्याका कारण खतिवडा र कार्की दुवै कार्यक्षेत्रमा फर्कन सकेनन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै आफ्नो कार्यथलो मुलुक जान नपाएका हुन् ।

    पछिल्ला केही दिनदेखि जापान जान ‘नो अब्जेक्सन लेटर’ लिन जापानी राजदूतावासअघि भीड लाग्न थालेको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला उनीहरूले स्वदेश छाड्न खोजेका हुन् ।

    अहिले जापानको रोजगारदाता कम्पनी आफैंले काम विशेषले र बिदामा आएकाहरूलाई तुरुन्त फर्कन भनेकाले उनीहरूले स्वदेश छाड्न खाजेका हुन् । रोजगारदाता कम्पनीले बोलाएको समयमा पुगिँदैन कि भन्ने डर पनि उनीहरूमा देखिन्छ । नपुगेको खण्डमा रोजगारीमै असर पर्ने भय पनि उनीहरूमा देखिन्छ ।

    चितवनका खतिवडाले जापान सरकारले आफूहरूलाई प्रवेश गराउने भनेकाले नो अब्जेक्सन लेटर लिन लाइनमा बस्नुपरेको सुनाए । उनले गत शुक्रबार आफूले फाराम बुझाई टोकन लिएर गएको र बुधबार नो अब्जेक्सन लेटर लिन लाइनमा बसेको सुनाए ।

    पाँच वर्षअघि उच्च शिक्षा अध्ययनका लागि जापानको नारिता पुगेर अध्ययनसँगै काम गरी बिदामा घर आएको जानकारी गराउँदै खतिवडाले भने, ‘अहिले काम गरिरहेको रोजगारदाता कम्पनीले जतिसक्दो चाँडो आउनू भनेको छ, अब चार्टर उडानको बढी भाडा तिरेरै भए पनि फर्किने मनस्थिति बनाएको छु ।’

    रोजगारदाताले बोलाएको बेला पुगिएन भने यहाँ बेरोजगार भएर बस्नुपर्ने र घरपरिवारको खर्च धान्नै मुस्किल हुने अवस्था आउन सक्ने चिन्ताले जतिसक्दो छिटो नो अब्जेक्सन लेटर लिएर फर्किन लागेको उनको भनाइ छ ।

    सोही लाइनमा बसेका अर्का युवा कार्कीले पनि पाए आगामी १ भदौबाट खुल्ने भनिएको नियमित व्यावसायिक उडान र नपाए बढी भाडा तिरेरै भए पनि चार्टर उडानबाट जापान जान लागेको बताए । कार्कीले पनि खाइपाइ आएको जागिर गुमेको अवस्थामा नेपाल बसेर बाँच्न नसकिने देखिएकाले नो अब्जेक्सन लेटर लिए फर्किन लागेको बताए ।

    लकडाउनअघि र लकडाउनकै अवधिमा चार्टर उद्धार उडानमार्फत स्वदेश आएकाहरू अहिले फेरि त्यसतर्फ जान आवश्यक तयारी गरिरहेका हुन् ।

    अहिले महाराजगन्ज पानीपोखरीस्थित नेपालका लागि जापानी दूतावास अगाडिको सडकपेटीमा दैनिक युवाहरूको ठूलो लाइन लाग्न थालेको छ । गत शुक्रबारदेखि यस दूतावासअगाडि दैनिक सयौंको संख्यामा ‘नो अब्जेक्सन लेटर’ लिनेहरूको भीड लाग्ने गरेको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

    • #स्वदेश
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आजको पत्रपत्रिका बाट सम्बन्धि थप

    अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने, हेर्नुहाेस पूरा विवरण

    काेराेनाका कारण चिडियाखानाका जीवजन्तु सङ्कटमा

    नेकपा संसदीय बोर्ड अझै डामाडाेल

    संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

    नेपाल – भारत सम्बन्ध सुधार हुने आशा

    नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद, दुवै नेता भए सम्म पहुँचकाे प्रयाेगमा

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑