• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  आजको पत्रपत्रिका बाट

    टुटल र पठाओले आजदेखि आफ्नो सेवा पुनः शुरू गर्ने

  • बुटवल दैनिक
  • २०७७ श्रावण ८, बिहिबार (६ साल अघि)
  • ९८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं :- सरकारले बन्दाबन्दी अन्त्य गरेसँगै राइड शेयरिङ कम्पनी टुटल र पठाओले आजदेखि आफ्नो सेवा पुनः शुरू गर्ने भएका छन् । सरकारले गतचैत ११ बाट देशव्यापी बन्दाबन्दी गरेपछि सार्वजनिक यातायातसँगै टुटल र पठाओ पनि बन्द भएका थिए । राजधानी काठमाडौंमा यी दुई राइड शेयरिङ कम्पनी छोटो समयमै लोकप्रिय बनेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    टुटलले ३ वर्षदेखि राइड शेयरिङ सेवा दिइरहेको छ भने पठाओ डेढ वर्ष अघिबाट सञ्चालनमा आएको हो । मोटरसाइकलमार्फत भाडामा यात्रु बोक्ने यी दुई कम्पनी सार्वजनिक यातायातको भरपर्दो विकल्पका रूपमा स्थापित हुँदै छन् ।

    छोटो दूरीको सार्वजनिक यातायात खोल्ने सरकारी निर्णयसँगै यी दुई कम्पनीले पनि आफ्नो सेवा सुचारू गर्ने निर्णय गरेका हुन् । त्यसो त पठाओले २ साताअघिदेखि नै अत्यावश्यक अवस्थाका लागि भनेर १०० जना चालकमार्फत सीमित रूपमा आफ्नो सेवा सञ्चालन गरिसकेको छ ।

    पठाओले एउटा यात्रुमार्फत चालकबाट २० प्रतिशत लिने गरेकोमा यस अवधिमा शतप्रतिशत आम्दानी चालकलाई नै दिने निर्णय गरेको थियो । कम्पनीले बिहीवारदेखि ५० जना चालक थप्न लगेकोमा क्रमशः हरेक दिन ५० जना चालक थप्दै जाने तयारी गरेको छ ।

    त्यस्तै टुटलले पनि बिहीवारबाटै आफ्नो सेवा सञ्चालन गर्ने तयारी गरेको छ । मास्क, पञ्जालगायत चालकलाई अत्यावश्यक सुरक्षा सामग्री वितरण गरी सेवा शुरू गरिने तथा क्रमशः चालकको संख्या बढाउँदै लैजाने टुटलका कार्यकारी निर्देशक शिक्षित भट्टले बताए ।
    उनका अनुसार बन्दाबन्दीको समयमा कम्पनीले यात्रु र चालकलाई सहज हुने गरी आफ्नो एपलाई थप अद्यावधिक गरेको छ । भट्टका अनुसार करीब ३० हजार चालक सञ्जाल भएको टुटलमा अहिलेसम्म १५ सय चालक सम्पर्कमा आइसकेका छन् ।

    पठाओले आफ्ना सबै चालकलाई पीपीईभन्दा एक तहमुनिको सुरक्षा पहिरन बीपीजी (ब्रिदेबल प्रोटेक्टिभ गियर) प्रदान गरेको छ । ‘हामीले चालकलाई सुरक्षा सामग्री उपलब्ध गराएर मात्र सेवा शुरू गर्न लागेका छौं । प्रत्येक दिन ५० जनालाई पुग्ने मात्र सुरक्षा सामग्री सप्लायर्स कम्पनीहरूले उपलब्ध गराइरहेकाले त्यही संख्यामा चालक थप्दै जाने तयारी गरेका हौं,’ कम्पनीका सहायक प्रबन्धक शशांक थापाले बताए ।
    हालसम्म करीब ४५ हजार पठाओ चालकले अनुमतिपत्र लिएका छन् । थापाका अनुसार यसमध्ये ५ हजार चालक काम गर्न कम्पनीको सम्पर्कमा आइसकेका छन् ।

    यसअघि सरकारले असार अन्तिम साता जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेकोमा त्यसयता ट्याक्सीलगायत सार्वजनिक यातायात सञ्चालन हुँदै गएका छन् । बिहीवारबाट मुलुकभर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउँदै छन् ।आर्थिक अभियान दैनिकबाट

    • #टुटल र पठाओ
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आजको पत्रपत्रिका बाट सम्बन्धि थप

    अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने, हेर्नुहाेस पूरा विवरण

    काेराेनाका कारण चिडियाखानाका जीवजन्तु सङ्कटमा

    नेकपा संसदीय बोर्ड अझै डामाडाेल

    संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

    नेपाल – भारत सम्बन्ध सुधार हुने आशा

    नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद, दुवै नेता भए सम्म पहुँचकाे प्रयाेगमा

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑