• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    उत्पादनलाई जोड दिँदै कृषकको सम्वृद्धिको निम्ति धान रोपाइँ ।

  • थम्मन थापा
  • २०७७ अषाढ १७, बुधबार (६ साल अघि)
  • १३०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ १७ असार
    पहिले पहिले हराभरा हुने हाम्रा खेतबारी आजकल बाँझो जमीनमा परिणत हुँदै गएका छन् । कृषि तर्फ मानिसको आकर्षण कम हुँदै जानु र मानिसहरूको वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दै गएकोले कृषि उत्पादनमा निकै कमी आउन थालेको छ । हाम्रा धान फल्ने सुन्दर फाँटहरुमा पछिल्लो समय धमाधम घरहरु निर्माण भइरहेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    कृषि सम्बन्धी सरकारका धेरै कार्यक्रम त प्रत्येक बजेटमा समेटिन्छन् तर त्यी सबै व्यवहारमा कार्यान्वयन भने हुन सकेका छैनन । आजकल गाउँघरका खेत बारी बाँझै देखिन्छन् । खेती किसानी गर्न छाडेपछि त्यी जमीनमा घाँस र रूखहरूले भरिएका छन् । हामी वर्षेनी छिमेकी मुलुक भारत बाट खाद्यान्न भित्राउन बाध्य छौं । चामल, गहुँ, देखि मकै लगायतका थुप्रै खाद्यान्नका सामग्री ट्रकका ट्रक आउने गरेका छन् । कृषि प्रधान देश नेपालमा कृषि केवल सस्तो लोकप्रियता र नाराका लागि सीमित हुँदै जान थालेको छ ।

    कृषकले उत्पादन गरेका सामग्री र खाद्यान्नको न उचित मुल्य छ न उचित बजार जसको कारण कृषि प्रति मानिसको आकर्षण दिनहुँ घट्दो क्रममा छ । कृषिमा लगानीको वातावरण नहुँदा युवाहरु विदेशिने क्रम बढ्दो छ । गत वर्षको पौष महिनामा विश्व व्यापी माहामारीको रूपमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढ्दो छ । अहिले शहर बजार भन्दा गाउँमा सुरक्षित महसुस गर्दै मानिसहरू गाउँमा छन् । उनीहरूले वर्षौं देखि बाझा जमीन र खेतबारीमा अहिले खेतीपाती गर्न थालेका छन् । जसले पहिले पहिले जस्तै हाम्रा खेतबारीमा कृषिले प्राथमिकता पाउन थालेको छ । सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अरबौं बजेट विनियोजन गर्दै आएको छ ।

    अनुदान पनि उत्तिकै दिन थालेको छ तर कृषि क्षेत्रमा निकै कम संख्यामा मानिसहरू आवद्व छन् । कृषि प्रदान देश नेपालमा धान रोपाइँ विशेष मानिन्छ । वर्षको १ दिन असार १५ गतेलाई प्रतेक वर्ष हामी राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएका छौं । १७ औं राष्ट्रिय धान दिवस गलकोटमा पनि सामूहिक धान रोपाई गरेर मनाइएको छ । गलकोट नगरपालिका वडा नं ८ काँडेबासको आयोजनामा धान दिवस तथा असार १५ मनाइएको हो ।

    कृषि उत्पादनलाई प्रोत्साहन गर्दै पर निर्भरतालाई कम गर्न र बाँझो जमीनको सदुपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न यो कार्यक्रम आयोजना गरिएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नु भयो उत्पादनलाई जोड नदिने हो भने भाषण र गफले मात्रै देश समृद्ध हुँदैन । कृषि प्रधान देश नेपालमा कृषिको प्रचुर सम्भावना छ हामीले कृषि मार्फत आम्दानीको स्रोत बढाउनु पर्छ ।

    काडेबास स्वास्थ्य चौकीको केही वर्ष देखि बाँझो रहेको जमीनमा धान रोपाई गरिएको वडा अध्यक्ष कँडेलले बताउनु भयो । हामीले कृषकलाई कृषिमा आकर्षित गर्दै प्रोत्सान गर्न यो कार्यक्रम आयोजना गरेका हौं अध्यक्ष कँडेलको भनाई छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय कृषि विकास समिति, ग्रामिण महिला आत्मनिर्भर समाज र बसन्त ऋतु आमा समुहको समन्वयमा उक्त धान रोपाइँ गरिएको हो । कार्यक्रममा कृषकहरुलाई टिमुर र कागतीका विरुवा वितरण समेत गरिएको थियो । काँडेबासमा कृषि सेवा केन्द्रले एक घर परिवारले कम्तीमा ५ टिमुरको बोट लगाउनै पर्ने व्यवस्था गरेको छ ।

    सो कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगर, प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष हिमबहादुर भण्डारीको विशेष उपस्थिति रहेको थियो । त्यस्तै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले कृषि क्षेत्रमा कृषकहरुको आकर्षण गर्न गलकोट नगरपालिका सदैव क्रियाशील रहेको बताउनु भयो । कृषिले नै मानव जीवन जिउने हुँदा विश्वमा सबै भन्दा महान व्यक्ति कृषक नै भएको उहाँको भनाइ छ । गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले हामीले वर्षको एक दिन मात्र कृषिका कुरा नगरेर किसानलाई यसतर्फ आकर्षित गर्न आवश्यक उपकरण, बीउ बिजन सहयोग सँग सँगै कृषिमा आधुनिकीकरण गर्नु पर्ने धारणा राख्नु भयो ।

    १७ औं राष्ट्रिय धान दिवसको अवसरमा गलकोट नगरपालिकाले सबैमा शुभकामना समेत व्यक्त गरेको छ । धान रोपाइँमा स्थानीय हल गोरु सहितका हली, बाउसे, खेतालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । गलकोट नगरपालिका विगत केही वर्ष यता राष्ट्रिय धान दिवस मनाईदै आइएको छ । धान रोपाइँमा खेतालीहरु, बाउसेहरुले निकै रोमाञ्चक पूर्वक एक अर्कामा हिलो छ्यापा छ्याप गरेका थिए ।

    • #धान रोपाइँ
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑