• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    in
    आज: २०८३ भाद्र २६, शुक्रबार
    होमपेज /  मुख्य समाचार

    मिनेन्द्र रिजालकाे भारतीय पत्रकारलाई कडा जवाफ..

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ ८, बिहिबार (६ साल अघि)
  • ५६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं /नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा अद्यावधिक गरेपछि भारतीय मिडिया नेपालमाथि खनिएका छन्।उनीहरूले बुधबार दिनभर अभिनेत्री मनिषा कोइरालाको आलोचनामा समय खर्चिए। मनिषाले नेपालको नयाँ नक्साको खुलेर समर्थन गरेकी थिइन्। एबिपी च्यानलले मनिषालाई ‘चीनको इशारामा नाचेको’ आरोप लगायो।

    फेसबुकमा पछ्याउनुहोस्

    बुधबार साँझ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल केही भारतीय अतिथिसँगै भारतीय न्यूज च्यानल रिपब्लिकको बहसमा झुल्किए।कार्यक्रमको सञ्चालन ‘सत्तापक्षीय पत्रकार’ अर्णव गोस्वामीले गर्ने गर्छन्। कार्यक्रमको शीर्षक थियो-‘चाइना युजेज नेपाल’, अर्थात् चीनले नेपाललाई प्रयोग गर्छ। अर्णवले सुरूमै भने, ‘चीन कसैको साथी हैन।’ त्यसपछि लामो न लामो लेक्चर दिए।अर्णवको लामो न लामो प्रश्नको आशय नेपालले चीनको इशारामा नयाँ नक्सा सार्वजनिक गर्‍यो भन्ने थियो। जवाफमा मिनेन्द्रले भने, ‘अर्णव, तपाईंले प्रश्न गरेका हो कि कुनै मन्तव्य दिनुभएको हो? कि मलाई कुनै सन्देश दिन खोज्नुभएको हो? नेपालमा यसरी अन्तर्वार्ता लिइँदैन।’

    ‘नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ। हामी द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहन्छौं। भारतले कोभिड–१९ को महामारी टुंगिएपछि बसौंला भन्यो। हामीले अगावै कुराकानी गरौं भन्यौं,’ नेता रिजालले भने, ‘हामीसँग उक्त भूभाग हाम्रो भएको पुष्टि गर्न यथेष्ट प्रमाण छन्।भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटाओस्। वार्तामा बसौं, समस्या समाधान गरौं। चीनलाई जोडिरहनुको तुक छैन।’ जवाफमा अर्णवले भने, ‘नेपालमा कसरी अन्तर्वार्ता गरिन्छ मलाई थाहा छैन, भारतमा यसरी नै गरिन्छ।’

    त्यसपछि अर्णवले बहसलाई मोड्दै नेता रिजाललाई प्रधानमन्त्री केपी ‌ओलीको वक्तव्य स्मरण गराए, ‘चीनको कोरोना भाइरसभन्दा भारतबाट आएको भाइरस कडा? तपाईंको प्रधानमन्त्रीको कस्तो बहुलठ्ठीपूर्ण तर्क? कस्तो अवैज्ञानिक कुरा?’ नेता रिजालको जवाफ थियो, ‘म सीमा सम्बन्धमा सरकारले लिएको अडानको समर्थन गर्छु। कोरोनाको बारेमा प्रधानमन्त्रीले के भने के भनेनन्, मेरो सरोकारको विषय होइन।’ अर्णवले नेपालको पछिल्लो कदममा चीनको हात रहेको पुष्टि गर्न खोजिराखे भने रिजालले अस्वीकार गरिराखे।

    रिपब्लिकाका सम्पादक सुवास घिमिरेले सुगौली सन्धिपछिका नक्साहरूले उक्त भूभाग नेपालको भएको पुष्टि गर्ने बताए। त्यसपछि कार्यक्रमका सञ्चालक अर्णव घिमिरेमाथि खनिए। भने, ‘हामी तपाईंसँग हाम्रो भूभागबारे छलफल गर्दैछैनौं। यसरी त भोलि तपाईंले मुम्बई हाम्रो हो भन्नुहोला, दिल्ली हाम्रो हो भन्नुहोला? कसरी हुन्छ?’ ‘चिनियाँहरू नेपालीलाई रुचाउँदैनन्, घृणा गर्छन्। नेपालको भूमि अतिक्रमण गरेका छन्, सरकारी वेवसाइट ह्याक गरेका छन्।

    ती तपाईंका साथी हैनन्,’ अर्णव त्यसपछि दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालपट्टी फर्किए, ‘चिनियाँहरू कसैको मित्र हुन सक्दैनन्। भारतसँगको पुरानो सम्बन्ध बिगारेर तपाईंहरूले के पाउनुहुन्छ?’ प्रकाशले पनि अर्णवलाई निराश पारे। भने, ‘नेपालले भारतसँगको सम्बन्ध बिगार्न खोजेको हैन, कुरा गोलमटोल नपार्नुस्। नेपाल–भारतबीच सीमा विवाद छ भन्ने कुरा भारत सरकारले नै स्वीकार्दै आएको छ।’ त्यसपछि, अर्णवले ‘चीन कसैको मित्र हुन नसक्ने’ जिरह गर्दै बहस टुंग्याए।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    समाचार

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑