• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ९, शुक्रबार
    होमपेज /  प्रदेश नं. १

    सिरहाको गोलबजारमा पनि आन्दोलन चर्कियो, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

  • अञ्जना ढकाल
  • २०८३ श्रावण ११, सोमबार (१ महिना अघि)
  • ७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    सिरहा, साउन ११ – सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा पनि प्रदर्शन भएको छ। आन्दोलनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन गरेका हुन्।

    फेसबुकमा पछ्याउनुहोस्

    प्रदर्शनका क्रममा सहभागीहरूले ‘मृतकलाई न्याय दे’, ‘गोली चलाउनेमाथि कारबाही गर’, ‘प्रहरी दमन बन्द गर’ लगायतका नाराबाजी गरेका थिए। उनीहरूले प्रहरीबाट गोली नचलाइएको दाबी गरिए गोली कसले चलायो भन्ने सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। साथै, भोलिसम्म ठोस निर्णय नभए देशव्यापी आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

    यसैबीच, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुनसरी घटनाको विरोधमा गोलबजार र कर्जन्हामा प्रदर्शन भएको जानकारी आएको बताए। प्रदर्शनकारीका प्रतिनिधिसँग संवादको तयारी भइरहेको उल्लेख गर्दै उनले हालसम्म जिल्लाको अवस्था सामान्य रहेको र कुनै अप्रिय घटना नभएको जानकारी दिए। आवश्यकता परे सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरी थप निर्णय गरिने उनको भनाइ छ।

    यसअघि दिउँसो करिब २ बजेतिर कर्जन्हा नगरपालिका–बन्दीपुर क्षेत्रमा आन्दोलनकारीहरूले टायर बालेर पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध गरेका थिए। पछि सडक पुनः सञ्चालनमा आएको थियो।

    सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ गइरहेका दुई समूहबीच विवाद भएपछि झडप भएको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको तथा स्थिति थप तनावग्रस्त बनेपछि गोली चलाउनुपरेको जनाएको छ।

    उक्त घटनामा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता प्रहरीको गोलीबाट घाइते भएका थिए। उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    • #प्रहरी गोली प्रकरण
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश नं. १ सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑