रुरु च्युरेक दिदिबहिनि समाज रुपन्देहिद्वारा मानव सेवा आश्रम बुटवलमा आश्रित असहायलाई भोजन कार्यक्रम सम्पन गरेका छन् । समुहले हरेक बर्षमाविभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आहिरहेको छ । समुहले शुक्रवार साझको रात्रीकालिन भोजन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमासमुहको सम्पुर्ण दिदिबहिनिको उपस्थिति मा भोजन कार्यक्रम सुरुवात भएको थियो
“आकाशलाई छानो र सडकलाई घर बनाएर बस्न बाध्य मानवको उद्धार गरेर उनीहरुको लागि पुनर्जन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टिमिलेको छ ।” समुहकि अध्यक्ष सुमित्रा पाण्डेले मन्तव्य राखेकि थिन ।
१ छाक खाना बराबरको नगद १० हजार ५ सय रुपैयाँ आश्रमका संयोजकलाइ हस्तान्तरण गरेको । साथै हाल आश्रम मा ३५ जना महिला आश्रित रहेकोसमुहकि सदस्य शान्ता नेपालले जानकारि दिनु भयो ।