• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कृषि तथा पशुपालन

    एयर होस्टेज भएर पनि कुखुरा पाल्दैछिन् यी युवती,कमाउछिन् महिनाको डेढ लाख

  • २०७९ माघ ९, सोमबार (८ महिना अघि)
  • ४३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    कञ्चनपुरको भीमदत्त नगरपालिका– १० तिलकेनीकी द्रोपती कुँवर ‘एयरहोस्टेस’ हुन्। तीन वर्षअघि फ्लाई ट्याक इन्टरनेसनल प्रालि पुतलीसडक काठमाडौंबाट ‘एयरहोस्टेस’को कोर्स गरेकी द्राेपती पृथक पेसामा आबद्ध छिन्।

    फेसबुकमा पछ्याउनुहोस्

    अध्ययनअनुरूप अहिले हरेक दिन आकाशमा उड्नुपर्ने भए पनि २३ वर्षीया द्रोपती कुखुरापालन व्यवसायमा जुटेकी छिन्। बिहान उठ्दादेखि राति सुत्दासम्म कुखुरा, बाख्रा, गाईको स्याहारसुहारमै द्रोपतीको दिनचर्या कटिरहेको छ।

    गाउँकै युवा वर्ष माविबाट एसइई उत्तीर्ण गरेर दानेश्वर बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्दै गर्दा उनी प्राविधिक शिक्षा अध्ययनका लागि ०७६ सालमा काठमाडौं गएकी थिइन्। सहोदर दाजु नेपाल वायुसेवा निगममा कार्यरत हुँदा उनलाई पनि दाजुकै जस्तो समानान्तर मिल्ने प्रकृतिको पेसा गर्ने चाहनाअनुरूप एयरहोस्टेजको कोर्स गरेकी थिइन्।

    ‘मेरो पढाइ सकिएलगत्तै कोरोना महामारीले लकडाउन भयो, ‘द्रोपतीले भनिन्, ‘अनि म घर आएँ, बुबाले यसअघि नै केराखेती गर्नुभएको थियो। घरपरिवारकै सल्लाहअनुरूप थप व्यवसाय बढाएका छौँ।’
    लकडाउन कारणले काठमाडौं फर्किने वातावरण नभएपछि अध्ययनअनुरूप जागिरको खोजीभन्दा गाउँमै कृषि व्यवसायमा जुटेको उनले बताइन्।

    अहिले द्रोपतीले तिलकेनी गाउँमै कुँवर पशुपन्छी फर्म नै खोलेर कृषि व्यवसायको नेतृत्व गरिरहेकी छिन्। द्रोपतीले बोइलर कुखुरा, बाख्रा, जर्सी गाई पालन गरेर कृषितर्फ उदाहरणीय काम गरेकी छिन्।
    ‘कुखुरा, बाख्रा र दूध बेच्दै आएका छौँ,’ उनले भनिन्, ‘मासिक एक–डेढ लाखबराबरको कारोबार गर्दै आएका छौँ।’

    पछिल्ला वर्षहरूमा जहाज दुर्घटनाले झनै त्रास फैलाएको बताइन्। ‘मैले जुन विषय अध्ययन गरेकी छु, त्यो विषयअनुरूप जागिर गर्दा कतै जहाज दुर्घटना हुँदा घरपरिवार डराउँछन्,’ उनले भनिन्, ‘त्यही भएर पनि म पढेअनुरूप एयरहोस्टेजको जागिर गर्न चाहेकी छैन। पढाइअनुरूप जागिर गर्नुपर्छ भन्ने केही छैन, समाजमा केही गर्नका लागि कृषि व्यवसायसमेत सम्मानित पेसाजस्तै भएको छ।’

    उनको पेसामा आमाबाबुसहित घरपरिवारले समेत साथ दिएका छन्। द्रोपतीका बाबु पदम कुँवरले ०६१ सालदेखि व्यावसायिक रूपमा केराखेती गरिरहेको बताउँदै उनले छोरीको चाहना–योजनाअनुरूप अहिले व्यवसाय वृद्धि गरेको बताए। अहिलेको कृषिको कारोबार सबै द्रोपतीले सम्हालेको बताउँदै उनले आफूहरू त सहयोगी मात्रै भएको बताए। ‘अब हामीले ड्रागनफुटदेखि आधुनिक फलफूलखेती गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘फर्ममा ४०-५० लाख लगानी गर्दासमेत कतै पनि सरकारी निकायबाट सहयोग पाएका छैनौँ।’

    अनुदान लिएर काम नगर्ने र कर्मचारीलाई घुस नदिँदा अनुदानबाट वञ्चित भएको उनकाे अनुभव छ। द्रोपतीको मिहिनेत देखेर स्थानीयसमेत हर्षित छन्। छोरी मान्छे, त्यसमा पनि एसरहोस्टेज कोर्स गरेर कृषि व्यवसायमा भविष्य देखेर काम गरेको भन्दै उनको प्रशंसा भइरहेको छ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कृषि तथा पशुपालन सम्बन्धि थप

    स्वादका लागि चर्चित बागलुङको आलु

    मह बेचेर वार्षिक ३५ लाख आम्दानी

    पेटभित्रै पाडो मरेपछि शल्यक्रिया गरेर गराइयो भैंसीलाई सुत्केरी

    च्याउ खेतीबाट मासिक २ लाख कमाउँछन् गुल्मीका २० वर्षीय निखिल

    कोरियाबाट त्रिभुवन विमानस्थल आइपुगे १७ करोड मूल्यका साँढे र बाछी

    तेह्रथुम र धनकुटामा फल्यो ३४ करोडको अकबरे

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑