काठमाडौंमा आगोले जलेर गम्भीर घाइते भएकी पुष्पाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन् । काठमाडौं महानगरपालिका(४ धुम्बराहीका केटासँग इन्गेजमेन्ट गरेकी उनको इन्गेजमेन्ट तोडिएको थियो ।
केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्ट टुटाएको उनको परिवारले बताएको छ । आइतबार साँझ पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको र र त्यही घर अगाडी नै पुष्पा २० मिनेटसम्म जलिरहेपनि उनीहरुको परिवारले नबचाएको आरोप आफन्तले लगाएका छन् । पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो।
त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो। प्रहरीले भने पुष्पाले आफै आफ्नो शरीरमा पेट्रोल छर्केको बताएको छ । पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने केटाको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे।
दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो।
यो पनि : १२ पुसदेखि ३०औं त्रिवेणी कप सञ्चालन हुने:लमजुङमा ३०औँ त्रिवेणी कप सञ्चालन हुने भएको छ । आगामी १२ पुसदेखि ३० औँ त्रिवेणी कप सञ्चालन हुने भएको हो ।
लमजुङ सदरमुकाम बेंसिशहरस्थित सहजी खेलमैदानमा सञ्चालन हुने कपमा यस वर्ष १६ टिमको सहभागिता गराउने क्लबले जनाएको छ ।
जिल्लामा फुटबल खेलको विकास र पगरी व्यावसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको र त्रिवेणी क्लबले नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने, खेल पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनका लागि त्रिवेणी कप सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।
लमजुङ, मनाङ, गोरखा, तनहुँ, चितवन, कास्की, नवलपुर, काठमाडौँ लगायतका जिल्लाहरूबाट फुटबल खेल्नलाई खेलाडीहरू वर्षेनी आउने गरेको क्लबले जनाएको छ ।
त्रिवेणी कपको विजेतालाई नगद पाँच लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेतालाई नगद तीन लाख रुपैयाँ, रजत पदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । ।
त्यस्तै, सेमिफाइनलका उपविजेता दुवै टिमलाई ५०र५० हजार रुपैयाँ पुरस्कार वितरण गर्ने आयोजक क्लबले जनाएको छ । क्लबका अनुसार त्रिवेणी कप फुटबल प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५र१५ हजार रुपैयाँ स्वर्ण पदक र प्रमाणपत्र वितरण गर्ने भएको छ ।
प्रतियोगिता सञ्चालन गर्नका लागि ४७ लाख १० हजार रुपैयाँ खर्च हुने आयोजक त्रिवेणी क्लबले जानकारी दिएको छ ।