३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामानसहितको कार्यालयका सम्पूर्ण सामग्री बोकेर मुख्यमन्त्रीसहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी आइपुगेको हो ।

फेसबुकमा पछ्याउनुहोस्

गएराति साढे १० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मङ्गलवार बिहान झारिएको छ । अब मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुनेछ ।

मुख्य मन्त्रीको बुटवलमा रहेको अस्थायी मुकाम बन्द गरिएको छ । आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि यो हप्ताभित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी ल्याउने तयारी छ ।

नवनिर्वाचित लुम्बिनी प्रदेश सभाको शपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणको अन्तिम चरणमा रहेको संसद् भवनमा बोलाउने तयारी गरिएको छ । प्रदेश सभाको दुई तिहाइले गरेको निर्णयलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सफल भएको मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभएको छ।