काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवादमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई स्पष्टीकरण बुझाएका छन्।
लामिछानेले आफ्नो नागरिकता नेपाली नभएको भनि गरिएको दाबी गलत भएको उल्लेख गरेका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएपछि आफ्नो नागरिकताको कुरा विवादमा ल्याइएको तर, आफू नेपाली नै भएको उनको दाबी छ।
उनले आफूले २०५० साल फागुन १० गते काठमाडौंबाट नेपाली नागरिकता लिएको र अध्ययनका सिलसिलामा अमेरिका पुगेपछि अमेरिकाको स्थायी बसोबास लिएको बताएका छन्।
‘मैले आफ्नो नेपाली नागरिकता प्रमाणपत्र वैधानिक रुपमा त्यागेको थिइनँ। न नेपाल सरकारले मेरो नागरिकता रद्ध नै गरेको थियो’, लामिछानले जवाफमा भनेका छन् ‘म विदेश छँदा पनि नेपाली नै थिएँ। आज पनि नेपाली नै नागरिक हुँ।’