प्रतिनिधि सभा सदस्यमा रुकुम पूर्वबाट नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीमगर विजयी भएका छन् । सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका उनले १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउँदै घर्तीमगर विजयी भएका हुन् । एमालेका उम्मेदवार मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन । लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्तीको संघीय संसदमा भने यो पहिलो प्रवेश हो।
प्रदेश सभामा स्वतन्त्र र कांग्रेसले जिते
प्रदेश सभा १ मा स्वतन्त्र उम्मदवार सुरुल पुन ४ हजार ४६५ मतका साथ विजयी भएका छन । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर वलीलाई ५३३ मतान्तरले पराजित गरेका छन । लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार वलीले ३ हजार ९३२ मत प्राप्त गरेका छन् ।
रुकुम पूर्वकै प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका धनवहादुर केसी ४ हजार ८६२ मतका साथ विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६१८ मतान्तरले हराएका छन् । स्वतन्त्र उम्मेदवार खड्काले २ हजार २४४ मत प्राप्त गरेका छन् ।