लुम्बिनी प्रदेशमा प्रमुख दलबाट उम्मेद्वार बनेका महिला उम्मेद्वारहरु प्रारम्भिक मत परिणाममा कमजोर देखिएका छन् । लुम्बिनी प्रदेशमा एमालेबाट २ जना कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाबाट १/१ जना महिला उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
ती मध्ये माओवादीबाट दाङको क्षेत्र नम्बर २ मा उम्मेद्वार बनेकी रेखा शर्माले मात्रै अग्रता लिएकी छिन् । रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेललाई सुरुदेखि नै पछाडी पारेकी छिन् । जारी मतगणना अनुसार शर्माले ५ हजार ३९६ मत पाउँदा उनका निकट प्रतिस्पर्धी एमालेका महासचिव पोखरलले ४ हजार ३६४ मत पाएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँकी, कांग्रेस नेतृ पुष्पा भुसाल, एमाले नेतृ शान्ता चौधरी र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल भने मतपरिमाणमा पछि परेका छन् । साथै दाङको क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धामा रहेकी कोमल वली पछाडी परेकी छिन् । वलीले २ हजार २२९ मत ल्याएकी छिन् भने कांग्रेसका दिपक गिरीले ३ हजार ४६० मत ल्याएर लिड गरिरहेका छन् ।गुल्मीको क्षेत्र नम्बर २ मा सत्तागठबन्धनको तर्फबाट उम्मेद्वार रहेकी झाँकी एमालेका गोकर्ण विष्टसँग चु्नाबी प्रतिस्पर्धामा रहेकी छिन् । यता दाङको क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेद्वार बनेकी शान्त चौधरी शहरी विकास मन्त्री मेटमणी चौधरीसँग प्रतिस्पर्धामा छिन् । जारी मतपरिमाण अनु्सार शहरी विकास मन्त्री चौधरीले २ हजार ४३५ मत पाएका छन् भने एमाले नेतृ चौधरीले १ हजार ६३२ मत ल्याएर उनलाई पछाई रहेकी छिन् ।
साथै पूर्व उपसभामुख तथा कांग्रेस नेतृ पुष्पा भुसाल एमाले सचिव टोपबहादु्र रायमाझिसँग अर्घाखाँचीमा चुनाबी प्रतिस्पर्धामा छिन् । जारी मत परिमाण अनुसार भुुसाल पनि पछाडी परेकी छिन् । एमालेका सचिव रायमाझिले ११ हजार ६५२ मत ल्याएर लिड गरिरहेका छन् भने भुसालले ९ हजार २४१ मत ल्याएकी छिन् ।
यता प्युठानमा सत्तागठबन्धनको तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि पछाडी परेकी छिन् । प्युठानमा एमालेका सूूर्य थापाले ४ हजार ७४१ मत पाउँदा पौडेलले ३ हजार ३५ मत पाएकी छिन् ।