रुपन्देही क्षेत्र नं.२ (ख) प्रदेश सभाका संयुक्त गठबन्धन दलका साझा उम्मेदवार माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले अहिलेकाे गठबन्धन संविधान र संघीयताको पक्षमा रहेको बताउँदै यो गठबन्धनलाई विजयी बनाउन मतदाताहरु सगँ आग्रह गरेका छन ।
सैनामैनामा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनी प्रदेश सरकारकाे प्रदेश योजना आयोगमा आफु रहँदा बिभिन्न क्षेत्रमा काम गरेको अनुभव रहेकोले लुम्बिनी प्रदेशकाे हकमा आफु सगँ थुप्रै याेजनहरु रहेकाे हुनाले समग्र लुम्बिनी प्रदेश र बिशेष गरी रुपन्देहीलाई स्वास्थ्य शिक्षा राेजगार लगायता जनताले प्रत्यक्ष अनुभुती गर्ने गरी हरेक काम गर्ने र सबै किसिमले रुपन्देहीलाई अब्बल बनाउने छाै ।
साथै पर्यटकिय सम्भावना बाेकेकाे यस क्षेत्रलाई पर्यटकिय हब र आधुनिक सिटिकाे रुपमा बिकास गर्ने प्राबिधिक शिक्षामा जाेड दिने र स्वास्थ्य सेवाकाे बिस्तार गर्ने बिषयलाई मुख्य जाेड दिने बताए ।
क्षेत्र लुम्बिनी प्रदेश सरकारकाे याेजना आयाेगकाे उपाध्यक्ष हुदाँ बनाएका तमाम याेजनाहरु अपुरै रहेका हुदाँ ती याेजनाहरु पुरा गर्न जनताकाे साथ बिश्वास र सहयाेग अपेक्षा सहित आफु चुनाबी मैदानमा उत्रीएकाे बताउँदै आफु निर्वाचित भए पश्चात ती याेजनाहरु र जनताका सपना पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै हरेक क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधानको रक्षा गर्न आग्रह समेत गरे।
उनले भने जनताहरुकाे ठुलो याेगदान र प्रयासपछि बनेको संविधान बचाउने कार्यमा जनता आफूहरूको साथमा रहेर काम गर्न विश्वस्त रहेको बताउँदै मंसीर ४ पछि गठबन्धनले तिनै तहकाे सरकार बनाउने उल्लेख गरे । यो गठबन्धनले दुई तिहाई भन्दा ठुलो बहुमत ल्याउने उनको दाबी छ ।