ज्ञानेश्वर सहानी / नवलपरासी / कात्तिक १६
पश्चिम नवलपरासीमा निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका ४ बाट हतियार स्थानीय प्रशासनमा बुझाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले कात्तिक ५ गतेसम्म हतियार बुझाउनका लागि गरेको आह्वानका क्रममा ४ बाट हतियार बुझाइएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार जिल्ला प्रहरी कार्यालय, सिमा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मा हतियार बुझाइएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन इजाजतप्राप्त हतियार बुझाउन गरिएको अनुरोधका क्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ४ थान बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुझाइएका हतियारमध्ये टुटु राइफल १ थान, एकनाले बन्दुक एक थान, दुईनाले बन्दुक दुई थान हतियार रहेका छन् । इजाजतप्राप्त हतियार बुझाउन आनाकानी गरेको पाइएमा हतियार नियन्त्रणमा लिइने छ । नबुझाएका हतियार नियन्त्रणमा लिएर कानुनी प्रक्रिया सुरु गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।