रुपन्देहीको क्षेत्र नं ५ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा ऐमालेका नेता खिमलाल भट्टराई र बासुदेव घिमिरे बिच टिकट तानातान भएकाे छ । रुपन्देही ५ बाट बासुदेव घिमिरे र खिमलाल भट्टराई दुबै जनाले मनोनयन दर्ता गरेका छन ।
शनिबार अपरान्ह उक्त क्षेत्रबाट एमालेले घिमिरेलाई टिकट दिएको भएपनि आईतबार दिउँसो उनको टिकट फिर्ता गरेर खिमलाल भट्टराईलाई दिएको थियो एमाल निकट स्राेतले बतायाे तर घिमिरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पत्र अनुसार मनोनयन गरेको घिमिरेका सहयोगी बिष्णु अर्यालले बताए ।
यता भने भट्टराईले पनि पाटि अध्यक्षले मनाेनयन दर्ता गराउन पठाएकाे कारण टिकट सहित निर्वाचन आयाेगमा उम्मेदवार दर्ता गराएकाे बताउँछन । शनिबार मात्र घिमिरेलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएको एमालेले उम्मेदवार दर्ताको अन्तिम समयमा खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको हो।
उनि राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक रहेका भट्टराईले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताए। भट्टराई काठमाडौंबाट उम्मेदवार दर्ताको लागि हवाइजहाज मार्फत रुपन्देही आएका हुन । भट्टराई मनोनयनका लागि निर्वाचन कार्यलय जादै गर्दा बसुदेव घिमिरेले पहिले ३:३० मा नै मनाेनयन दर्ता गराएका थिए भने भट्टराईले ४ः४५ मा उम्मेदवार दर्ता गराएका छन ।