नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
(गठबन्धन) नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी नेपाल, नेपाल एकीकृत पार्टी समाजवादी, जनमोर्चाको संयुक्त उम्मेदवारीका रुपमा नेपाली काङ्ग्रेसबाट गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यस क्षेत्रको प्रदेशसभातर्फ क्षेत्र नं ३ क मा लोसपाका सन्तोष पाण्डे र ख मा नेपाली काङ्ग्रेसकै नेता रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता छ ।