शिवु खनाल / देउखुरी, १८ असाेज
दाङको लमही स्थित अर्जुनखाेलामा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अतित (गुइठे) विक र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेका छन ।
मंगलबार दिउँसो साढे ३ बजे लमहीकाे अर्जुनखाेला पुल मुनि नुहाउन गएको बेला खाेलामा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नं. ४१ गत कपिलवस्तु दाङका सई प्रकाश जैसी ढकालले जानकारी दिए ।
उनका अनुसार मंगलबार दिउँसो ५ जनाकाे समुहले अर्जुन खाेलमा कबाडी खेलेर अर्जुन खाेला स्थित पुल मुनि नुहाउन गएका थिए ।
साेहि क्रममा अर्जुन खाेलामा डुबेर दुईजना बालकको मृत्यु भएको हाे । मृतककाे शव अहिले लमही अस्पतालमा राखिएको छ ।