लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ठूलो बलिदानबाट प्राप्त भएको संविधानलाई कुल्चिने प्रयास कसैले नगर्नका लागि सबैपक्षलाई सचेत रहन अपिल गरेका छन ।उनले संविधानको पूर्ण परिपालन कार्यन्वयन गर्नका लागि सबैलाई जिम्मेवारी हुनुपर्ने बताए ।
प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७९ को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानमामाथि हमला हुने प्रयास भइरहेकोले त्यस्ता प्रवित्तिलाई निस्तेज गर्नुपर्ने बताए । नेपालको संविधान २०७२ ले आम नेपाली जनतालाई सार्वभौम बनाउनको लागि उद्धत रहेको बताउँदै आम जनताले संविधानको पूर्ण पालन र कार्यन्वयनका लागि सबै अगाडि बढाउनको लागि परिवर्तनशील शक्तिहरु एक जुट हुनुपर्ने बताए ।
संविधानले व्यवस्था गरेको समानुपातिक, समावेशी सिद्धान्तलाई अंगिकार गरी अगाडि बढेर आम जनताको जीवनलाई समृद्धिमा विकास गर्नुपर्ने प्रमुख शेरचनले बताए । प्रदेश प्रमुखले सबैलाई संविधानको कार्यन्वय र परिचालनका लागि सबैलाई जिम्मेवार बनाउनको लागि सचेत नागरिक सबैको भूमिका अगाडि बढाउनुपर्ने प्रमुख शेरचनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्ण घर्ती लगायत प्रदेशका मन्त्री, विभिन्न सरोकारवाला निकायको आतिथ्यता रहेको थियो ।