काठमाडौँ,-राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले क्रिकेटर सन्दीप लामिछानेको घटनामा कडा प्रश्न उठाएकी छिन् । उनले ब’लात्का रको आ’रोप लागेका क्रिकेटर सन्दीप लामिछाने भाग्नुले देशमा द’ण्डहिनता संस्थागत रहेको देखाएको धारणा व्यक्त गरेकी हुुन् ।सामाजिक सञ्जाल ट्वीटरमा अन्सारीले सन्दीप भा’ग्नु भनेको द ण्डहिनता संस्थागत हुनुको परिणाम भएको लेखेकी छन् । उनले सन्दीपलाई भ गाउनमा प्रहरी र नेपाल क्रिकेट संघको संलग्नता रहेको भन्ने अभिव्यक्ति सहितको ट्वीट पोष्ट गरेकी छन् ।
‘सन्दीप लामिछाने भाग्नु भनेको द’ण्डहिनता संस्थागत् छ भन्ने परिणाम हो । संदिपलाई भ’गाउनमा प्रहरी र क्रिकेट संघ,’ उनले लेखेकी छन् ।नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान सन्दीपमाथि एक नाबालिगले ब’लात्का रको आ’रोप लगाउँदै जा हेरी दर्ता गराएकी थिइन् । सन्दीपविरुद्ध प’क्राउ पू’र्जी जारी भएपछि नेपाल क्रिकेट संघले टिमबाट उनलाई निलम्बन गरेको थियो ।पक्राउ पूर्जी जारी भएको समयमा सन्दीप वेस्ट इन्डिजमा रहेपनि उनले आफू नि’र्दोष रहेको तथा चाँडै नेपाल आउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । तर उनी लामो समयदेखि सम्पर्क बाहिर रहेका छन् ।
एक किशोरीले जब’रजस्ती क’रणीमा जा’हेरी दिएपछि सन्दीपले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू केही दिनमा नेपाल आउने बताएका थिए । उनले आफूमाथि लागेका आ’रोपहरुको खण्डन गरेका छन् । २४ भदौमा उनले सो स्टाटस लेखेपछि प्रहरीले उनलाई विमानस्थलबाटै प’क्राउ गर्ने तयारीका साथ बसेको छ ।नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप कहिले नेपाल आइपुग्छन् भन्ने एकिन जानकारी नरहेको बताए ।
कार्कीले भने, ‘उनले आफैं नेपाल आउने र आफूमाथि लागेको आ’रोपको कानूनी प्र’तिवाद गर्ने बताएपछि हामीले उनलाई झिकाउनका निम्ति कुनै कसरत गरेनौं । इन्टरपोललाई पनि भनिएको छैन । उनी आफैं आएर कानूनलाई सघाउनेमा आशावादी छौं ।’जिल्ला अदालत काठमाडौंबाट गत विहिबार प’क्राउ पू’र्जि लिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै नाकामा प’क्राउ आदेश पठाएको छ । अध्यागमन विभागले सन्दीपलाई का’लो सूचीमा राखिसकेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप नेपाल आउन जमैकाबाट हिँडिसकेको जानकारी पाएको बताए । ‘आजभोलि उनीसँग कुरा भएको छैन, तर उताबाट हिँडिसकेको भन्ने जानकारी पाएको छु’, चन्दले भने । उनले आफू भर्खरै दुबइबाट फर्किएकाले थप जानकारी लिन नभ्याएको उल्लेख गरे ।