धनी राम काेरी
कपिलवस्तु , साउन २२
कपिलवस्तु जिल्ला काे शिवराज नगरपालिकामा याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा काे अध्यक्ष राम शब्द यादवकाे नेतृत्व मा शिवराज नगर स्तरीय समिति काे अध्यक्षमा मेनुका बस्नेत हुनु भएको छ ।
नगर स्तरीय समिति काे उपाध्यक्ष लक्ष्मी थारु , सचिव प्रेम बहादुर काेहर ,
सह-सचिव रविना लोनिया ,काेषाध्यक्ष हसिना थारु , सदस्यहरु सुशिला थारु , समिर खान , आकृति विश्वकर्मा , गोविन्द थारु , अमृता थारु , सीमा विश्वकर्मा , रिना यादव र राजु थारु लगायत १३ सदस्यीय नगरस्तरीय सिमित गठन भएको छ ।
प्रमुख अतिथि किडार्क नेपाल संस्थामा कार्यरत (community development officer) विनोद केवट ले भन्नू भयो
सम्पूर्ण नव निर्वाचित प्रतिनिधिहरू लाई बधाई दिँदै यस योगदान राष्टको लागि संस्था सँग सधैं सहकार्य गर्ने बताउनु भयो उहँले यस क्षेत्रमा अवस्थित भएर त्यस नगरपालिका भित्र एकदम सक्रिय भएर काम गर्नु पर्ने बताउनु भयो ।
याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा का अध्यक्ष राम शब्द यादवले भन्नू भयो सम्पूर्ण नव निर्वाचित प्रतिनिधिहरू लाई बधाई दिँदै यस योगदान राष्टको लागि शाखा कपिलवस्तु ले यस कपिलवस्तु जिल्ला अन्तर्गत रहेको सबै नगरपालिका/गाउँपालिकामा यसको कार्यसमिति बिस्तार गरि प्राथमिक उपचार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने । स्थानीय निकाय तथा संघ संस्था सँग सामान्य सहकार्य गर्दै अगाडि बढ्ने। । संस्था को उदेश्य प्राप्तिका लागि अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो उहाँ ले यस संस्था को जिम्मेवारी समाल्दै आउने दिनमा प्रथमिक उपचार र सरसफाइमा जोड दिने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा कि सल्लाहकार इन्दु थारु , शिवराज नगरस्तरीय आशा सञ्जालकी अध्यक्ष रिना यादव र कार्यक्रम संचालक कपिलवस्तु शाखा का सचिव शिवा गुप्ताले गर्नु भएको थियो ।