लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएकाले यसको रक्षमा सबै लाग्नुपर्ने बताएका छन् । संघीयता विरोधीहरुले खारेजीको कुरा गरिरहेकाले त्यसका विरुद्धमा सबै राजनीतिक दलहरुको साझा एजेण्डा हुनुपर्ने र रक्षामा लाग्नु पर्ने उनले जोड दिए ।
बुधबार बिहान रोल्पामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘संघीयता आम नेपाली आमाका सन्तानहरुको बलिदान, राजनीतिक दलहरुको साझा आन्दोलनबाट आएको हो, त्यसैले संघीयता नयाँ शासन पद्धती भएकाले यसको आवश्यकता छ, संघीयता विरोधीहरुले नै खारेज गर्न खोजेका छन् तर ति शक्तिको विरुद्धमा सबै सचेत हुनुपर्दछ ।’
उनले नेपालमा संघीयताको खारेजी होइन कि यसमा देखिएको समस्या तथा गलत प्रवृतिलाई अन्त्य गर्दै राजनीतिक संस्कार अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए । संघीयतालाई कतिपय शक्तिहरु असफल बनाउनतिर लागिरहेको बताउँदै उनले अधिकारको कुरा गर्दै गर्दा सचेत नागरिकले कतव्र्यको बोध गरी संघीयतालाई बलियो बनाउनुपर्ने जनाए ।