रिया बस्नेत क्षेत्री
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका बजार क्षेत्रमा निर्माण भइरहेको रिफ्रेस सेन्टर निर्माणमा चरम लापरवाही र गुणस्तरहीन सामाग्रीकाे व्यापक प्रयोग भएको पाइएको छ । यस्ले गर्दै बनाउँदै गरेकाे रिफ्रेस सेन्टरकाे संरचना भत्किदै जादाँ सरकारकाे पैसा बालुवामा पानि जस्तै भएकाे छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीको जिम्मेवारी अन्तर्गत ठेक्कामार्फत सेन्टर निर्माण भएकाे हाे । उक्त सेन्टर निर्माणको जिम्मेवारी पाएको कोजु-सञ्जय जेभी निर्माण कम्पनी काठमाण्डौले २०७७ चैत्र ११ गते सम्झौता गरेको थियो । २०७९ असोज ११ गते भित्र निर्माण कार्य सक्ने गरी सम्झाैता गरेकाे थियाे । तर संरचना निर्माणकाे काम भने कछुवाकाे गतिमा छ । उक्त निर्माण कम्पनीले प्रदेश सरकारलाई आलटाल गरिरहेकाे छ ।
लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको रिफ्रेस सेन्टरकाे लागत ३ करोड १८ लाख २५ हजार ६ सय १९ रुपैया, ७८ पैसा रहेकाे छ । सम्झौता पश्चात् निर्माण कम्पनीले गुणस्तरलाई भने वेवास्ता गरेको छ । निर्माण कार्य सुरु भएकाे लामाे समय बितिसक्याे तर काममा भने चरम लापर्वाही र कमसल सामानकाे प्रयाेग र निकै ढिला सुस्ती भएकाे छ।
निर्माण सम्पन्न गर्नुपर्ने मिति नजिकिदै जाँदा ठेकेदार कम्पनीले सरकारकाे आखाँमा छाराे हाल्ने प्रयास गरी भत्किन लागेका भित्ताहरुलाई टालटुल पारेर आलटाल गरिरहेकाे छ । ठेक्का सम्झौता गरेर निर्माण सुरु गरेको ठेकेदार कम्पनीका आधिकारिक ब्यक्ति निर्माण स्थलमा उपस्थित नहुँदा सिकारु कामदारहरुले काम गर्दा पनि गुणस्तरिय नभएको स्थानियहरु बताउँछन् ।ठेकेदार पक्ष भने जतिसक्दो छिटो काम सकेर धेरै मुनाफा कमाउने ध्ययानमा रहेको छ । यति सम्मकी योजना स्थलमा सुचना पाटी सम्म पनि राखिएको छैन ।
रिफ्रेस सेन्टर निर्माणमा गुणस्तरियता नभएको भन्ने गुनासो बढेपछि आईतबार लुम्विनी प्रदेश सरकारका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काकाे निर्देशनमा मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यलय र अर्थ मन्त्रालयकाे प्राविधिक टोलीले भवनको अनुगमनकाे लागी बर्दाघाट पुगेकाे थियाे । अनुगमनमा पुगेका प्राविधिकहरुले योजनाको बारेमा जानकारी लिन खोज्दा आधिकारीक ब्यक्ति कोही नभएपछि जानकारी पाउन सकेनन् । भवनको अनुगमन पछि टोलीले पिलर र विम अनुसार गारोको लेवल नमिलेको भित्ताहरु चर्किएको र बाहिरबाट हेर्दा पनि काम राम्रो सँग नभएको भन्ने प्रष्ट बुझ्न सकिने बताए ।
एक महिना अघि बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठ र उप–प्रमुख रुद्रप्रकाश उपाध्याय सहितको टोलीले निर्माणधिन अवस्थामा रहेको रिफ्रेस सेन्टरको भवन निर्माणमा गुणस्तरियता नभएको भन्दै तत्कालका लागि निर्माण रोक्न निर्देशन दिएको थियो ।
नगरपालिकाको तर्फबाट दिईएको निर्देशनलाई कुनै वास्ता नगरी निर्माण कम्पनीले निरन्तर काम अगाडि बढाएको छ । निर्माणमा प्रयोग हुने ईट्टाको गुणस्तर नभएको, गारो चर्किएको, गारोको लेवल नमिलेको, दक्षता नभएका कामदार प्रयोग गरिएको लगायतका कमजोरी भए पनि ठेकेदार कम्पनीले अटेरी गरी निर्माण कार्य निरन्तर भईरह्याे ।
हाल रिफ्रेस सेन्टर निर्माण भैरहेको स्थान पुर्व पश्चिम राजमार्ग संगै जोडिएको पारिजात सामुदायिक बन अन्तर्गतकाे जग्गा हो । भवन निर्माण सुरु हुनु पुर्व नै वन बाट जग्गा प्राप्तीको प्रकृया पुरा गर्नुपर्ने भए पनि डिभिजन वन कार्यालयले हाल सम्म पनि जग्गा प्राप्तीका लागि कुनै कार्य अगाडि नबढेको बताएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोखरेलले स्थान छनौट देखि डिजाईनमा समेत कैफियत रहेको बताएका छन उनका अनुसार पूर्णरुपमा अध्याधुनिक भनेर बनाउन लाग्दा भवनको भित्र कतैबाट प्रकाश नजाने भएपछि पुनः भवनको भित्ता फोरेर भएपनि झ्याल राख्न लगाईएको हो। पहिलो चरणमा भइरहेको दुई वटा भवनको सेन्टरको एउटा भवनमा अन्तर्राष्ट्रिय स्तरको शौचालय र अर्को भवनमा चालकहरुको आराम कक्ष र स्नान गृह रहनेछ । त्यसबाहेक सेन्टरमा क्यान्टीन, शैलुन लगायतका सुविधा रहने छन् । प्रदेश सरकारको बजेटबाट अहिले दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा रिफ्रेस सेन्टर निर्माण भइरहेको डिभिजन प्रमुख पाेखरेलले जनाकारी दिए ।
लुम्विनी प्रदेशमा बन्नलागेका अत्याधुनिक रिफ्रेस सेन्टरको विस्तृत परियोजनाका परिकल्पना कुईजी ईञ्जिनियरिङ्ग कन्सलटेन्सीको रहेको छ । कन्सलटेन्सीले स्थानको प्रयाप्त अनुगमन नगरेकै कारण डिपिआर बनाउदाँ बर्षातको समयमा रिफ्रेस सेन्टरमा पानी पस्ने, राजमार्गको उचाई भन्दा पनि होचो स्थानमा छनौट हुदाँ यातायात आवतजावतमा समेत कठिनाई हुने देखिन्छ ।