पाल्पामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । तानसेन तम्घास सडक खण्डको लघुवामा भएको दुर्घटनामा तीन पुरुष र तीन महिला गरि ६ जनाको मृत्यु भएको हो ।गुल्मीको मजुवाबाट बुटवलको लागि छुटेको बसमा २२ जना यात्रु सवार रहेका थिए । घाईते १६ जनाको तानसेन स्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईहरेको छ । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ, भने जसमा दुई जना बालबालिका छन । दुर्घटनामा बाग्लुङ, गुल्मी र रुपन्देहिका यात्रु परेको बताइएको छ ।
विस्तृत विवरण आउन बाँकी छ । घाईतेको स्थानिय र प्रहरीको संयुक्त टोलीले उद्धार गरेका थिए । दुर्घटना बारे थप अनुशन्धान भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।