२३ असार, चितवन । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गएराति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ ।बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।कर्मचारीहरुका अनुसार मेयरको अनुपस्थितिमा भण्डारीले मेयरकै कार्यकक्षमा बसेर पनि छलफल गर्ने गर्थे । अस्वस्थ हुँदा उपमेयरलाई कार्यवाहक दिनुपर्ने भएपछि ज्वाइँले आएर फाइल हेर्ने, कर्मचारीलाई अरनखटन गर्ने गरेको कर्मचारीहरुकै आरोप थियो । उनै मेयरका ज्वाईं भण्डारी र उपत्यका नगर विकास समितिका कर्मचारीकै रोहबरमा विष्णुले ठेक्का हात पारेका कर्मचारीहरु बताउँछन् । ‘मेयर साबको ज्वाइँको भाइ विष्णु भण्डारी बेला बेला आइरहनुहुन्थ्यो, उहाँले बसपार्क लिने विषयमा पनि कुरा गर्नुभएको थियो,’ मेयरको सचिवालय स्रोतले भन्यो ।बसापार्कमा पाकिङबापत शुल्क उठाउने र सटरहरु बनाएर भाडामा लगाउने योजना उनको थियो । त्योसँगै गल्फको जग्गामा विभिन्न खेल गतिविधिमूलक व्यवसाय गर्ने उनको योजना रहेको उनी निकट एक व्यक्तिले बताए ।