२२ असार, पर्सा । प्रहरीले ९० केजी लागु औषध गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका २८ वर्षीय सुनिल भारती रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पर्साको बगही गेट नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीले UP70 BK 9955 नम्बरको इन्डिगो मेन्जर कारको डिकी र सिटमुनी लुकाइ राखेको ९० के.जी. गाँजासमेत बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।नुवाकोटको ककनी गाउँपालिका–२ बञ्चरेडाँडा तथा सिसडोल क्षेत्रका बासिन्दा र काठमाडौं महानगरपालिका तथा संघीय सरकारका बीचमा घम्साघम्सी र सहमतिको श्रृंखला तत्कालका लागि रोकिएको छ, तर अव्यवस्थित तरिकाले फोहोर फाल्ने सिलसिला भने रोकिएको छैन ।१७ वर्षदेखि सिसडोलमा फाल्ने गरिएको काठमाडौं उपत्यकाको फोहोर जेठ १० गतेदेखि अलि पर्तिर बञ्चरेडाँडामा फाल्न थालिएको छ । सिसडोल वा बञ्चरेडाँडा जहाँ फाले पनि व्यवस्थित तरिकाले बिसर्जन नगरेका कारण वरपरका बस्तीमा दुर्गन्ध फैलिन रोकिएको छैन ।