काठमाडौं । युट्युबमा अश्लील शीर्षक राखी भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको साइबर ब्युरोले ‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७, महादेवफाँट घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो ।
लामाले विभिन्न अश्लील शीर्षक राखी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोले जनाएको छ ।लामालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि थप कारवाही हुने भएको छ । नगरप्रहरीको कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारवाही गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।